२५ गते देखि बूढानीलकण्ठ नगरपालिका पूर्ण रूपले खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुने
कपन अनलाइन
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका २५ गते देखि पूर्ण रुपले खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुने भएको छ । नगरका खड्का भद्रकाली, चपली तथा चुनिखेल लगायतका क्षेत्रहरू वडा स्तरमा खुल्ला दिसामुक्तक्षेत्र घोषणा भएपछि यहिँ २५ गते बूढानीलकण्ठ नगरपालिकाले औपचारिक कार्यकन गरि पूर्ण रूपले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न लागेको हो ।
नगरले स्थानीयवासीलाई ८ हजारका दरले शौचालय बनाउन खर्चिएपछि नगरवासीहरू ले करिब ५ सयको सख्यमा शौचालय बनाएका छन् भने नगरपालिकाले आगामी १ वर्षमा प्रत्येक वडा हरुमा १-१ ओटा सार्वजनिक शौचालय बनाउने लक्ष राखेको छ ।
के हो खुल्ला दिसामुक्त भनेको?
मान्छे या गाइवस्तुको फोहर र पिउने पानी सदैव अलग-अलग राख्ने हो भने देश विकासको जग नै यति साधारण कुराबाट सुरु हुन्छ ।
सरसफाई गुरु योजना २०११ का अनुसार “खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछI तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहीँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछI” खुल्ला दिसामुक्त अवस्थाले पानी सिर्जित रोगहरु (जस्तै: जटिल श्वासप्रश्वास संक्रमण (ए. आर. आइ.), झाडा पखाला, हैजा, टाइफाइड, हेपटाइटिस र परजीवीको थुप्रो लाग्ने जस्ता समस्या – जुन हाम्रा गाउँघरमा सबैले भोगेका छन् – बाट छुटकारा पाइन्छ । यी समस्याबाट, जाबो एउटा चर्पी नहुँदा, हरेक वर्ष नेपालमा पाँच वर्षभन्दा मुनिका १० हजार ५ सय बालबालिकाको औसतमा हरेक दिन २९ जना बालबालिकाको मृत्यु भइरहेको कुरा रामबहादुर घिमिरेले माइसंसारमा नाम ब्लग मा लेखेका छन ।