डिसेम्बर २१ मा विश्व ध्वस्त हुने !!

कपन अनलाइनएकथरी ईसाई धर्म मान्नेहरु लामो समयदेखि २०१२ को डिसेम्बरमा पृथ्बी ध्वस्त हुने हल्ला गर्दै थिए ।तर कतिपए ईसाईहरुनै पनि यो वकवास भन्ने गर्थे । अन्य धर्माबलम्बीहरूले यो विषयमा कुनै टिप्पणी गरेको पाइन्न ।

  पछिल्लो समय नासालाई उध्रित गरेर पनि विश्व ध्वस्त हुने हल्ला सामाजिक सन्जालहरुमा आउने गरेको छ । विवादित माया पात्रोका अनुसार डिसेम्बर २१ का दिन अहिलेको विश्व ध्वस्त हुन्छ र नयाँ संसारको सिर्जना सुरु हुन्छ ।

 

समाचारहरुमा पनि यो विषयमा छलफल हुने थालेको बेला ऑस्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्दले २१ डिसेम्बर मा  विश्व ध्वस्त हुने सम्बोधन गरेपछी यो विषय तातेको छ ।  प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य भएरै छाड्ने दावी गर्दै धेरै समय बाँकी नभएको बताएकी छिन । भिडियो सन्देशमा गिलार्डले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गरेकी छिन । संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा थाहा नभएपनि यो सत्य रहेको गिलार्डको भनाइ छ ।

यसैबीच संसार ध्वस्त हुने भनिएको डिसेम्बर २१ नजिकिँदै गर्दा मायावी विश्वको केन्द्र मानिने ग्वाटेमालामा विदेशी पर्यटकको घुइँचो बढेको छ । ग्वाटेमालामा डिसेम्बर २० र २१ मा विश्व मानवताको नयाँ विहानी शिर्षकको विश्व सम्मेलन हुँदैछ ।

-समाचार स्रोतहरू

तपाइँको प्रतिक्रिया ।