मन्दिरलाई चार रोपनी जग्गादान
कपन अनलाइन
रामपुर (पाल्पा), १५ चैत । रामपुर नगरपालिका–६ विजयपुरमा रहेको शिवालय मन्दिरका लागि चार रोपनी जग्गादान प्राप्त भएको छ ।
विजयपुर निवासी आचार्य परिवारले चार रोपनी सात आना बराबरको जग्गा मन्दिरलाई हस्तान्तरण गरेको हो । यहाँका ज्ञाननाथ आचार्य, दुर्गाप्रसाद आचार्य, यज्ञप्रसाद आचार्य, कमलप्रसाद आचार्य र शङ्करप्रसाद आचार्यको परिवारले सो जग्गा मन्दिरका लागि सहयोग गरेको छ ।
मन्दिरको स्तरोन्नति, सभाहल निर्माण, मन्दिरको नियमित आम्दानी विवरण सटरसहितको नयाँ पक्की भवन निर्माणका लागि समुदायको स्वामित्व रहने गरी मन्दिरलाई जग्गा हस्तान्तरण गरिएको आचार्य परिवारका यज्ञप्रसाद आचार्यले बताउनुभयो ।
यस मन्दिरमा आचार्य परिवारले परापूर्वकालदेखि नै नित्य पूजापाठ गर्दै आइरहेका थिए । अब भने समुदायको स्वामित्वमा रहने गरी मन्दिरसहितको जग्गा हस्तान्तरण गरिएको हो । रासस