शव फेला

कपन अनलाइन 

पोखरिया (पर्सा), १४ चैत । पर्सा जिल्ला विश्रामपुरमा आज बिहान एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

उक्त शव विश्रामपुर– ६ का अन्दाजी ३५ वर्षीय अनोद साह कलवारको रहेको प्रहरीले जनाएको छ । स्थानीयवासीले आज बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक कलवारको हातको औँला र शरीरका केही अङ्ग जङ्गली जनावरले खाएको अवस्थामा पर्सा प्रहरीले फेला पारेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय, पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले बताउनुभयो ।

शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतला वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।