चोरीका मोटरसाइकल सम्बन्धित सवारीधनीलाई बुझाइयो

कपन अनलाइन 

मेलम्ची, ९ चैत । इलाका प्रहरी कार्यालय मेलम्चीले सातवटा चोरीका मोटरसाइकल फेला पारेका छन् ।

फेला परेका मोटरसाइकलमध्ये दुईवटाको अनुसन्धान भइरहेको र पाँचवटा सम्बन्धित मोटरसाइकल धनीलाई आज बुझाएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

चोरीका मोटरसाइकल सिन्धुपाल्चोकमा धेरै भित्रिने गरेको पाइएकाले प्रहरीको सक्रियता बढाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

यसरी मोटरसाइकल बुझाउनेमा मच्छे नारायण श्रेष्ठ ९काभ्रेपलान्चोक०, पविन तामाङ ९सिन्धुपाल्चोक०, लोकबहादुर भुजेल ९काठमाडौँ०, दीपक श्रेष्ठ ९भक्तपुर० र सुमन राई ९काठमाडाँै रहेका छन् ।

पछिल्लो दुई महिनाको अवधिमा हेल्मेट नलगाइ मोटरसाइकल चलाउने, बिलबुक नभइ सवारी चलाउने, लाइसेन्स नभएका र मापसे गरेर सवारीसाधन चलाउने व्यक्तिबाट रु तीन लाख ६० हजार राजस्व सङ्कलन गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका ट्राफिक प्रहरी मोहन श्रेष्ठले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।