छुरा हानाहान हुँदा एकको मृत्यु

कपन अनलाइन 

इनरुवा, ५ चैत । सुनसरीको धरान उपमहानगरपालिकामा आज दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन् । सोही घटनामा शुक्र राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गम्भीर घाइते भएका राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ भने घाइते शुक्र राईको प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।