घाँस काट्न गएका दाहाल मृत अवस्थामा फेला

कपन अनलाइन 

इलाम, ५ चैत । इलाम फूएतप्पा–४ (फाकफोकथुम गाउँपालिका–४) का ४० वर्षीय लीलाबहादुर दाहाल मृत अवस्थामा भेटिएका छन् ।

शुक्रबार दिउँसो घरबाट घाँस काट्न जङ्गल गएका उनी बिलाउनीको रूखमा डोरी लगाएर पहरामा हाम्फाल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिनुभयो ।

घाँस काटेर घर नफर्किएपछि आफन्त र घरपरिवारले खोजी गर्दा आज बिहान जङ्गलको पहरामा उनलाई मृत अवस्थामा फेला पारेका थियो । उनको शव स्वास्थ्य परीक्षणका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।