मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

कपन अनलाइन 

विराटनगर, ५ चैत । मोरङमा मोटरसाइकलको ठक्करबाट गएराति कोसी हरैचा– ४ बस्ने रामविलास चौधरीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरदुलारी– ६ मा गएराति १० बजे उनलाई को ५ प ८१३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीको धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा उपचारको क्रममा राति मृत्यु भएको गछिया प्रहरी चौकीलाई उद्धुत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।