दुर्घटनामा बालकको मृत्यु

कपन अनलाइन 

राजविराज, १ चैत । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगरमा मारुती भ्यानको ठक्करबाट पाँचवर्षीय बालकको आज मृत्यु भएको छ ।

सप्तरी, मैनाकडेरी – ५ निवासी सुरेशप्रसाद साहका छोरा जीवछको मृत्यु भएको प्रहरीले जनाएको छ । भारदहबाट राजविराजतर्फ आउँदै गरेको को १ च ६४२१ नंको गाडीले बालकलाई ठक्कर दिएको थियो । गाडी इलाका प्रहरी कार्यालय हनुमानगरले नियन्त्रणमा लिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।