बालाजुमा साझा बसमा आगजनी
कपन अनलाइन
काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा आज बालाजु बाइपासमा साझा यातायातको बस जलाइएको छ ।
बा ४ ख ५६४८ नं को बसका चालक, परिचालक र सुरक्षामा खटिएका प्रहरी खाना खान गएको मौका छोपी बालाजु बाइपासमा रोकि राखिएको बसबाट यात्रु ओराली पेट्रोल छर्केर आगो लगाइएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।
आगलागीबाट बसका आठवटा सीट पूर्णरुपमा जलेर रु एक लााख बराबरको क्षति भएको छ । यातायातले कसैको समर्थन वा विरोधमा सेवा सञ्चालन नगरेको उल्लेख गर्नुहुँदै उहाँले यस्ता गतिविधि नदोहो¥याउन सबैसँग अनुरोध गर्नुभयो ।
साझाका ४० वटा सवारीसाधन अन्य दिनजस्तै आज पनि उपत्यकाका रुटमा चलिरहेका छन् । रासस
तपाइँको प्रतिक्रिया ।