बन्दकर्ता पक्राउ

कपन अनलाइन 

पोखरा, २८ फागुन । कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतमको हत्याको विरोधमा नेकपा (माओवादी) नेत्रविक्रम चन्द नेतृत्वले आह्वान गरेको बन्दका क्रममा आज विहान प्रहरीले विभिन्न स्थानबाट १३ बन्दकर्तालाई पक्राउ गरेको छ ।

बन्द गराउँदै हिँडिरहेका अवस्थामा उनीहरूलाई पृथ्वीचोक र शिशुवबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । पोखरामा मोटरसाइकल सञ्चालनमा आए पनि सार्वजनिक यातायातका सवारीसाधन, यस क्षेत्रका उद्योग, कलकारखाना र पसल भने बन्द रहेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।