पुलबाट खसेर वृद्धको मृत्यु

कपन अनलाइन 

दोलखा (जिरी), २७ फागुण । काठे पुलबाट खसेर दोलखाको जिरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका–२ रासेका ६० वर्षीय नाम्गेल शेर्पा रहेका छन् ।

इलाका प्रहरी कार्यालय जिरीका अनुसार शेर्पा हिजो दिउँसो जिरीबाट बसमा घर फर्केका थिए । बसबाट ओर्लेर आफ्नो घर जाने क्रममा घर नजिकै रहेको काठेपुलबाट खसेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रनि कार्कीका अनुसार मादक पदार्थ सेवन गरेकाले उनी पुलबाट खसेको हुनसक्ने बताएका छन् । उनको शव परीक्षणको लागि जिल्ला अस्पताल जिरीमा लगिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।