अमेरिकी ग्रिनकार्ड होल्डरलाई पर्यटन मन्त्री बनायो राप्रपाले

कपन अनलाइन, काठमाडौं । एकाएक मन्त्री परिषद् विस्तार भएपछि नेकाका जीवनबहादुर शाहीको मन्त्रालयमा मन्त्री हुन आइपुगेका दिलानाथ गिरी अमेरिकी ग्रिन कार्ड होल्डर भएको थाहा हुन आएको छ । पदका लागि राजनीति गरिरहेको आरोप लाग्ने गरेको राप्रपा अध्यक्ष कमल थापाले युटर्न गरेर उपप्रधान मन्त्रीसहित सरकारमा गएपछि गिरीलाई पर्यटन मन्त्री बनाएपछि नेपाली मन्त्री मण्डलमा अमेरिकी प्रतिनिधिको बिधिवत सहभागिता भएको हो ।

 

मधेसी मोर्चाले समर्थन फिर्ता लिन सात दिने अल्टिमेटिम दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई तीन मन्त्रालय दिएर सरकारमा भित्राएका छन् । गणितीयरुपमा सरकारलाई बजबुत बनाउन दाहाल र नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले आफ्ना मन्त्रीलाई अन्य मन्त्राययमा सारेर पनि राप्रपालाई मालदार मानिने  पर्यटन मन्त्रालय हस्तान्तरण गरेका छन् । यद्यपि राप्रपाबाट पर्यटन तथा नागरिक उड्यनमन्त्री बनेका दिलानाथ गिरी भने नेपाली नागरिकता त्यागेका ब्यक्ति हुन् ।

 

अमेरिकी ग्रिनकार्ड होल्डर गिरी नेपाल सरकारको मन्त्री बनेका छन् । संखुवासभामा जन्मिएका गिरी लामो समय अमेरिकामा थिए । उनका सबै परिवार पनि अमेरिकाकै ग्रिन कार्ड होल्डर हुन् । अमेरिकामा लामो समय बसेर नेपाली नागरिकता त्यागेका गिरी नेपालमा फर्केर राजनीतिमा सक्रिय भएका थिए । २०७० सालमा भएको संविधानसभा निर्वाचनपछि राप्रपा नेपालबाट उनी समानुपातिक सांसद बनेका थिए । समानुपातिक सांसद बन्दा पनि उनले अमेरिकी ग्रिनकार्ड छाडेका छैनन्  ।

 

तपाइँको प्रतिक्रिया ।