इन्टेरनेट्मा अनलाइन डाटा भण्डारण

डेटा नष्ट हुने सम्भावित दुर्घटनाबाट जोगिन, फाइल सेयर गर्न र कतिपय अवस्थामा फाइलको सिन्क्रोनाइजेसनका लागि पनि ‘अनलाइन भण्डारण’ उपयोगी हुन्छ । वेबको संसारमा थुप्रै यस्ता साइट छन्, जहाँ निःशुल्क भण्डार गर्ने सुविधा उपलब्ध छ । त्यस्ता साइटको प्रयोगबाट कम्प्युटर प्रयोगकर्ताले ठूलो लाभ लिन सक्छन् । प्रस्तुत छ यस्तै केही साइट :

स्काइड्राइभ

स्काइड्राइभलाई ‘माइक्रोसˆट स्काइड्राइभ’ वा ‘विन्डोज लाइभ स्काइड्राइभ’ पनि भनिन्छ । ‘स्काइड्राइभ’ ले व्यक्तिगत भण्डारण हो भने २५ गिगाबाइटसम्मको निःशुल्क भण्डारण सुविधा उपलब्ध गराउँछ । यसरी भण्डारण गरिने फाइल साइज भने बढीमा एक सय मेगाबाइट हुनुपर्दछ । स्काइड्राइभमा भण्डारण गरिएको सामग्री इन्टरनेट सुविधा भएको कुनै पनि कम्प्युटरबाट हेर्न सकिन्छ । यसका डकुमेन्ट तथा तस्बिरलाई साथीसँग सेयर गर्न पनि सकिन्छ ।

 

 

फर सेयड

निःशुल्क भण्डारण सुविधा उपलब्ध गराइरहेका वेबसाइटमध्ये एक हो ‘फर सेयर्ड’ (www.4shared.com) . । यसले १८० दिनसम्मका लागि १० गिगाबाइट भण्डारण सुविधा उपलब्ध गराउँछ । यो साइटमा अपलोड गर्न सकिने फाइलको अधिकतम साइज हो दुई गिगाबाइट । सर्च, फाइल ट्रान्सफर एन्ड म्यानेज, विन्डो स्टाइलका मेनु र टुलबार, विन्डोज, लिनक्स र म्याक्मा काम गर्नसक्ने, फोल्डरलाई पासवर्डबाट सुरक्षित गर्न सकिने आदि यसका विशेषता रहेका छन्. । डकुमेन्ट फाइल ९मयअ, तहत, उमा, चता, हकि०, म्युजिक फाइल (mउघ, यनन, धबख, mष्म०, भिडियो फाइल ९बखष्, mउन, mउभन० तथा इमेज फाइल ९वउन, नष, bmउ, उलन० भण्डारण गर्न सकिन्छ । प्रयोगकर्ताको सङ्ख्या अढाइ करोडभन्दा अधिक रहेको ‘फर शेयर्ड’ को पि्रमियम प्लान पनि छ । पि्रमियम प्लानअन्तर्गत वाषिर्क ७७.९५ अमेरिकी डलर भुक्तान गरेर एक सय गिगाबाइटसम्म भण्डारण गर्न सकिन्छ ।

ए ड्राइभ

‘ए ड्राइभ’ (http://www.adrive.com)ले ५० गिगाबाइटसम्मको सामग्री भण्डारण तथा ब्याकअप सुविधा उपलब्ध गराउँदछ । सबै प्रकारका फाइल भण्डारण तथा ब्याकअप गर्न सकिन्छ । ‘ए ड्राइभ’ को ‘बेसिक प्लान’ अन्तर्गत उपलब्ध गराइएको यो सुविधा भने व्यक्तिगत प्रयोगका लागि मात्र हो । ‘बेसिक प्लान’ अन्तर्गत विश्वको कुनै कुनाबाट पनि पहुँच, फाइल सेयरिङ, फोल्डर/डाइरेक्टरी अपलोड, इजी सर्च टुल, इन्टरनेसनल क्यारेक्टर सपोर्ट जस्ता सुविधा उपलब्ध गराइएका छन् । व्यापारिक प्रयोजनका लागि ‘सिग्नेचर’ र ‘पि्रमियम’ प्लान रहेका छन् । यसका लागि प्रयोगको प्रकृति अनुसार निश्चित शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

सिएक्स

‘सिएक्स’ क्लाउड स्टोरेज तथा फाइल म्यानेजमेन्ट सिस्टम हो । यसले डकुमेन्ट, फोटो, म्युजिक तथा भिडियोलाई सुरक्षित र स्थिर ब्याकअप, सिन्क्रोनाइज, शेयर आदिको सुविधा प्रदान गर्दछ । ‘सीएक्स’ (https://www.cx.com)ले १० गिगाबाइटसम्म निःशुल्क भण्डारणको सुविधा प्रदान गर्दछ । साथीलाई यसबारे जानकारी दिएर आˆनो भण्डारण क्षमतालाई १६ गिगाबाइटसम्म बढाउन सकिने सुविधा पनि यसले दिएको छ । बढी भण्डारण क्षमता आवश्यक निश्चित शुल्क तिरेर सुविधा हासिल गर्न सकिन्छ ।

ड्राइभ एचक्यु

ड्राइभ हेडक्वार्टरको ‘ड्राइभ एचक्यु’ (http://www.drivehq.com)ले एक गिगाबाइटसम्मको निःशुल्क भण्डारण सुविधा उपलब्ध गराउँदछ । यसको अधिकतम फाइल साइज असीमित छ अर्थात् एक गिगाबाइटसम्म । निःशुल्कका अतिरिक्त यसका सातवटा प्लान सशुल्क रहेका छन् ।

मोजी

मोजी (www.mozy.com) दुई मेगावाइटसम्मको निःशुल्क भण्डारण सुविधा उपलब्ध गराउने अर्को साइट हो । पीसी वा म्याक्कमा काम गर्ने मोजी पनि सुरक्षित र प्रभावकारी ब्याकअप सेवा हो । यो खासगरी व्यवसायिका लागि लक्ष्यित भए पनि यसले घरेलु प्रयोगकर्तालाई दुई गिगाबाइटसम्मको स्थान निःशुल्क उपलब्ध गराउँदछ । त्यसपछि भने स्थानको आधारमा शुल्क लगाउने गर्दछ । निःशुल्कवाला मोजीहोम पि|mका अतिरिक्त यसका सशुल्कवाला मोजीहोम र मोजीप्रो सञ्चालनमा छन् ।

ड्रपबक्स

‘ड्रपबक्स’मा गएर यससम्बन्धी सˆटवेयर डाउनलोड गर्न सकिन्छ । यसको सहायताबाट तस्बिर, डकुमेन्ट तथा भिडियोहरू कतैबाट पनि प्राप्त गर्न सकिन्छ । अर्थात् ड्रपबक्समा ‘सेभ’ गरिएको फाइल कम्प्युटर, फोन र ड्रपबक्स वेबसाइटमा भण्डारण हुनपुग्छ । यसमा राखिएका सामग्रीलाई आˆना परिचितसँग शेयर गर्न सकिन्छ । परिचित व्यक्तिलाई ‘ड्रपबक्स’ को लिङ्क पठाउन सकिन्छ । ‘ड्रप बक्स’ (http://www.dropbox.com/)को घोषित उद्देश्य हो विश्वमा फैलिएको मानिसको जीवनलाई सुगम बनाउनु । ‘ड्रपबक्स’ मा विश्वका कुनै कुनाबाट डकुमेन्ट, तस्बिर तथा भिडियो अपलोड गर्न सकिन्छ र सजिलै सेयर पनि गर्न सकिन्छ । कम्पनीकेा दाबी छ, विश्वका १७५ मुलुकमा यसका चार करोडभन्दा बढी प्रयोगकर्ता छन् । प्रत्येक तीन दिनमा एक अर्बको हाराहारीमा डकुमेन्टको भण्डारण ड्रपबक्समा गरिन्छ । ‘ड्रपबक्स’ ले दुई गिगाबाइटसम्म सामग्री निःशुल्क भण्डारण गर्ने सुविधा प्रदान गर्दछ । निश्चित शुल्क तिरेर दुईभन्दा माथि एक सय गिगाबाइटसम्म भण्डारण गर्न सकिन्छ । विन्डोज, म्याक्, लिनक्स, आइप्याड, आइफोन, एन्ड्रवाइड तथा ब्ल्याकबेरी प्रयोगकर्ताले यसलाई प्रयोगमा ल्याउन सक्छन् ।

माइ अदर ड्राइभ

‘माइअदरड्राइभ’ http://www.myotherdrive.com) निःशुल्क भण्डारण सुविधा उपलब्ध गराउने अर्को वेबसाइट हो । यसले भण्डारणका साथै निश्चित समूहलाई सेयरिङको सुविधा पनि प्रदान गर्दछ । यो साइटमा फोटो एल्बम र अन्य सोसल नेटवर्किङ प्रोफाइलसँग लिङ्क गर्ने सुविधा पनि छ । विन्डोज, म्याक् र लिनक्स तीनवटैमा काम गर्ने माइअदरड्राइभको निःशुल्क भण्डारण सुविधा दुई गिगाबाइट रहेको छ । त्यसभन्दा बढीको भण्डारण सुविधा आवश्यक परेमा निश्चित शुल्क तिर्नुपर्दछ ।

वेबमा आधारित इमेल सेवा

‘हटमेल’, ‘जीमेल’, ‘याहुमेल’ जस्ता वेबमा आधारित इमेललाई पनि धेरथोर अनलाइन भण्डारका लागि प्रयोगमा ल्याउन सकिन्छ । अनलाइन भण्डारण सुविधा उपलब्ध गराइरहेका वेबसाइटले जस्तै विविध सुविधा इमेल सेवा उपलब्ध गराउन नसके पनि डकुमेन्ट, फोटो भण्डारण गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।