आदर्शनगरमा मोटरसाईकल दुर्घटना, स्कुटर क्षतिग्रस्त

मंसिर १२, कपन
कपनको आदर्शनगर चोक वरिपरी करिब एकदर्जन भन्दा बढी रक्सी भट्टीहरु सञ्चालनमा रहि आएका छन् । सोही कारणले होला समय समयमा यस स्थान झगडाको विषयले चर्चामा आउने गर्दछ । तर आज भने बेग्लै कारणले यस स्थानको  समाचार बन्न पुगेको छ । त्यो समाचार हो, मोटरसाईकल दुर्घटना, अहिले बेलुकी करिब ९.२० बजे यस स्थानमा मोटरसाईकल दुर्घटना भएको छ । बा १८ प ३३५९ न ंको निलो पल्सरले रोकी राखेको अवस्थामा रहेको बा.३७ प ६२८३ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर पुर्ण रुपमा क्षती भएको छ । मोटरसाईकलका चालक बुद्धि बहादुर जि.सी.ले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको प्रहरीले जनाएको छ । हाल जि.सी.लाई कपन प्रहरी प्रभागमा राखि आवश्यक अनुसन्धान अगाडी बढाइरहेको कपन प्रहरी प्रभागका प्रमुख नवराज ढुङ्गानाले बताएका छन् । उक्त ठक्कर बाट जि.सीलाई सामान्य चोटपटक लागेको छ भने स्कुटर धनी अन्तरे शेर्पा सकुसल रहेका छन् । जाडो महिनाको सुरुवात संगै कपनमा मापसे सेवन गर्नेहरुको संख्या समेत बढेको प्रहरी स्रोतले जनाएको छ । अतः सो क्षेत्रमा फैलिएका अनियन्त्रित भट्टी नियन्त्रण गर्नकालागी सम्बन्धीत पक्षको बेलैमा ध्यान जानु जरुरी देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।