प्राधिकरणले लोडसेडिङकोसमय बढायो अब हप्तामा ५६ घण्टा

१२ मंसिर, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरि वढाएको छ । नदीहरुमा पानीको बहावसंगै विद्युत उत्पादन घटेकाले प्राधिकरणले वुधवार भोलीवाट लागू हुने गरी लोडसेडिङको समय बढाएको हो ।

प्राधिकरणका अनुसार यसअघि हप्तामा ४६ घण्टा हुँदै आएको लोडसेडिङ बुधवारवाट हप्तामा ५६ घण्टा लोडसेडिङ हुनेछ । नेपाल विद्युत प्राधिकरणले यस वर्ष दैनिक १९ घण्टासम्म लोडसेडिङ हुन सक्ने जनाउ येस्भन्दा अगाडिनै गरिसकेको छ ।

 

तपाइँको प्रतिक्रिया ।