स्कुटरको लाइसन्सबाट मोटर साइकल चलाउन नपाइने भो !!

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबदेखि स्कुटरबाट ट्रायल दिई सवारी चालक अनुमतिपत्र दिएकालाई मोटरसाइकल चढ्न बन्देज लगाउने भएको छ । महानगरीय ट्राफिक प्रहरीको आग्रहमा यातायात व्यवस्था विभागले मोटरसाइकलबाट ट्रायल दिएकालाई मोटरसाइकलको र स्कुटरबाट दिएकालाई स्कुटरकोमात्र लाइसेन्स दिन थालेको छ । स्कुटरको लाइसन्स लिएकोले  मोटर साइकल चढेको पाइएमा महाशाखाले कारबाही गर्ने भएको  छ ।

तपाइँको प्रतिक्रिया ।