मेसीको जादुः बार्साको अपराजित यात्रा कायम

मंसिर ११/ दुई पटक विश्व वर्ष खेलाडि भैसकेका अर्जेन्टिनी स्ट्राकर लिओनल मेसीको चमत्कारिक प्रदर्शनबाट प्रेरित बार्सिलोनाले यो बर्षको स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा लेभान्टेलाई ४-० ले पराजित गर्दै बार्सिलोनाले डिफेण्डिङ च्याम्पियन रियल मड्रिडसँग ११ अंकको अग्रता लिएको छ । बार्सिलोनाको जितमा लिओनल मेस्सीले २ गोल गरे । यो सिजनमा उनले १९ गोल गरिसकेका छन् । यो गोल संख्या रोनाल्डोको भन्दा ७ गोल बढि हो ।

हिजोको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । जितपछि बार्सिलोनाको १३ खेलबाट ३७ अंक भएको छ भने समान खेल खेलेको रियल मड्रिडको २६ अंकका साथ तेस्रो स्थानमा  छ । दोस्रो स्थानमा एथलेटिको मड्रिड रहेको छ ।

तपाइँको प्रतिक्रिया ।