नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास एवं चुनौति

राजु अधिकारी

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा यति वेला ६३ वर्षमा प्रवेश गरको पाईन्छ । यो अवधिको विश्व कक्यूनिष्ट आन्दोलन र नेपालको राजनैतिक इतिहासमा गंभिर प्रकारका राजनैतिक घटनाहरु घटेका छन् । विश्व कम्यूनिष्ट आन्दोलनको राजनैतिक धारा मूलतः एउटै रहेको अवस्थामा नेपाल कम्यूनिष्ट पार्टीको जन्म भएको थियो । पार्टी गठनको करिब एक दशक पछि विश्व समाजवादी  महान वहसको प्रक्रिया प्रारम्भ भयो । एउटा धाराको नेतृत्व सोभियत संघ र अर्काे धाराको नेतृत्व समाजवादी चीनले गर्न थालेको सन्दर्भमा त्यसको प्रभाव नेपाली कम्यूनिष्ट आन्दोलनमा पनृु स्वभाविकै थियो ।
चीनमा नयाँ जनवादी क्रान्ति नेतृत्व सम्पन्न भइरहेकै सन्दर्भमा ने.क.पा.को गठन भएको थियो । क. पुष्पलालको नेतृत्वमा गठन भएको कम्यूनिष्ट पार्टीले आफ्नो स्थापनाकालको आधा दशकको अवधिमा उल्लेखनीय उपलब्धीहरु हासिल गरेको थियो । जव २००८ सालकमा सम्पन्न पार्टीको प्रथम सम्मेलनले समेत निर्वाचित गरिएका संस्थापक महासचिव क. पुष्पलाललाई अचानक विनाकारण महासचिवबाट हटाउने षड्यन्त्र गरियो त्यही विन्दुबाट पार्टिमा संशोधनबाद र सुधारबादको विजारोपण हुन पुग्यो । २०१० सालमा भएको पार्टीको प्रथम महाधिवेशनले र महाधिवेशनद्धारा निर्वाचित महासचिव मनमहोन अधिकारीले पुष्पलालका विचारहरुमाथि तिखो प्रहार गर्दै, विचको समयमा भएका किसान संघर्षहरुलाई समेत विगतका “वामपन्थी मुलहरु” भनेर मूल्यांकन गरियो । २००८ सालमा सुदूरपश्चिममा  भीमदन्त पन्तको नेतृत्वमा भएको विकास विद्रोहलाई “आतंककारी” क्रियाकलाप भनेर वक्तव्य निकालियो र त्यसको विरोध गर्ने काम भयो । पार्टीले स्थापनाकाल देखि मुख्य एजेण्डाको रुपमा प्रस्तुत गरेको गणतन्त्रको नारालाई हटाएर “राज्यको प्रमुखलाई कुनै विशेषाधिकार नदिईयोस–” भनेर संवैधानीक राजतन्त्रलाई स्वीकार गरियो ।
नेपाली कम्युनिष्ट आन्दोलनमा पहिलो नकारात्मक धक्का त्यतिवेला लाग्यो जब पार्टी महासचिव मनमोहन अधिकारीले २०१४ साल वैशाख ३ गते राजा महेन्द्र समक्ष समाजवादको शान्तिपूर्ण प्रचार–प्रसारमात्र गर्ने र संवैधानीक राजनत्त्रलाई स्वीकार गर्ने शर्तमा पार्टी वैधानिक बनाउनको निमित्त विन्ती पत्र प्रस्तुत गरी राजनैतिक आत्मसमर्पण गर्ने काम गरे । यो माक्सवाद प्रतिको गंभीर विचलनको घटना थियो । अर्काे नकरात्मक धक्का त्यतिवेला लाग्यो जब पार्टी नेतृत्व डा.केशरजंग रायमाझीले पार्टीले जन्मकाल देखि उठाउदै आएको राजनैतिक नारा संविधान सभाको निर्वाचनको नारालाई परित्याग गरी, राजा महेन्द्रद्धारा अगाडि सारिएको कथित संसदीय निर्वाचनमा सहमति जनाउने र निर्वाचनमा सहभागी बन्ने निर्णय गरे ।
नेपाली कम्युनिष्ट आन्दोलको इतिहासलाई अध्ययान गर्दा के देखिन्छ भने २०१० देखी २०१९ सालसम्म सम्मेलन र प्लेनमहरुमा क्रान्तिकारीहरुको बहुमत रहने तर मुख्य नेतृत्व पंक्रिमा संशोधनवादी र सुधारवादीहरुको वोलवाला रहनुको परिणाम सम्मेलन वा प्लेनमहरुले गरेका निर्णयहरु समेत कार्यान्वयन हुन सकेनन्  जवकी २०१४ सालमा भएको दोस्रो महाधिवेशनले पुष्पलालले प्रस्तुत गरेको गणतन्त्रवादी दस्तावेजलाई स्वीकार गरेको छ तर केन्द्रिय कमिटिले  पुष्पलाललाई नेतृत्वमा निर्वाचित गर्दैन र रायमाझिर्ला निर्वाचित गर्दछ । परिणामतः गणतन्त्रको कार्यक्रम कार्यान्वयनको दिशा अगाडी बढ्दैन । २०१७ सालमा एक महिनासम्म चलेको दरभंगा प्लेनमले पनि पार्टी भित्रको तीव्र अन्तरसंघर्षको समाधान र राजनैतिक विकाश दिन सकेन । राजावादी भनेर रायमाझीको आलोचना गरेतापनि राजनैतिक कार्यदिशाको वारेमा अस्पष्ट नै रह्यो । २०१९ सालमा भएको तेस्रो महाधिवेशन जसले नीती र नेतृत्वबीच रहेको अन्तरलाई समाधान ग¥यो र पार्टी घोषित रुपमै “राष्ट्रिय प्रजातन्त्रको” को कार्यक्रम मार्फत संशोधनवादी दिशा समात्यो । यसप्रकारको अवस्थामा पार्टीलाई क्रान्तीकारी विचारमा डो¥याउने कुनै संभावना बाँकी रहेन । क्रान्तीकारीहरुको अगाडि विद्रोह गर्नु बाहेक अर्काे विकल्प रहेन । यहि सन्दर्भ र परिवेशमा २०२५ सालमा पुष्पलाले ऐतिहासिक “गोरखपुर सम्मेलन” गरी नयाँजनवादी कार्यक्रम, कृषी , क्रान्ती र त्यसलाई प्राप्त गर्ने साधन दीर्घकालीन सशस्त्र किशान विद्रोहको कार्यदिशा पारित गरी संशोधनवाद माथि चोटिलो प्रहार गर्नुभयो ।
२०१९ सालको संशोधनवादी नीति र नेतृत्ववाट पार्टीमा व्यापक फुट र विखण्डनको प्रक्रिया अगाडि बढ्यो यो सिलसिला ०२४÷०२५ बाट प्रारम्भ भै ०३५÷०३६ साल सम्म कैयौं समूहहरु टुक्रिने र जोडिने सिलसिला रहयो । २०२७ सालमा पूर्वी नेपालका क्रान्तीकारी युवाहरुले पार्टी नेतृत्वबाट सम्बन्ध विच्छेद गरी निर्माण गरेको नयाँ समूहले २०२८ सालबाट नयाँ जनवादी कार्यक्रमलाई व्यवहारिक रुप दिने उद्देश्यका साथ झापा (आन्दोलन) विद्रोहको थालनी गरे । भारतको विहार र पश्चिम बंगाल राज्यमा क. चार मजुमदारको नेतृत्वमा संचालित सशस्त्र किसान विद्रोहको प्रभाव नेपालको पूर्वी जिल्लाहरुमा पर्नु स्वभाविकै थियो । २०२८ सालमा पूर्वी नेपालमा भएको सशस्त्र किसान विद्रोह केही उग्रवामपन्थी कमजोरीहरुका बाबजुद त्यसले देशभरिका क्रान्तीकारी युवाहरुमा क्रान्तीकारी जोश पैदा ग¥यो र क्रान्तीकारीहरुको बीचमा एकताको निम्ति वस्तुगत आधार तयार ग¥यो । जसमो परिणाम स्वरुप २०३५ सालमा को.अर्डिनेशन केन्द्र हुदै ने.क.पा. (मा.ले.) को गठन हुन पुग्यो । झापा विद्रोहको जगमा खडा भएको ने.क.पा. (मा.ले.) पछिल्ला दिनहरुमा भुलहरु सच्याउने नाममा आवश्यकताभन्दा बढी दाहिनेतिर भुक्न पुग्यो । जनपक्षिय उम्मेद्वारको कभर बनाएर निरंकुश पंचायती व्यवस्थामा प्रवेश ग¥यो । नीतिहरुलाई परिमार्जन गर्ने भनी नयाँ जनवादको ठाउँमा बहुदलिय जनवादलाई प्रत्यारोपण गरियो ।
२०४७ सालपछि संवैधानिक राजतन्त्रलाई स्वीकार्दै फ्रान्सेली क्रान्तिले विकाश गरेको पूँजीवादी प्रजातन्त्र जो २० औं शताब्दीको अन्त्यसम्म आईपुग्दा फासीवादी प्रजातन्त्रमा परिणत भै सकेको छ, लाई आत्मा साथ गर्दै असफल प्रयासतर्फ अगाडी बढ्यो ।
२०२८ सालमा क्रान्तीकारी शब्द आडम्बर सहित  पुष्पलालको नयाँ जनवाद र झापा विद्रोहको तीखो प्रहार गर्दै गठन गरिएको केन्द्रिय न्यूक्लसको कार्यक्रम नेपाली कम्युनिष्ट आन्दोलनमा बढी विवादास्पद रँहदै आयो । २०१३ सालमा घोषित रुपमै दरवार समक्ष विन्तीपत्र हाली राजनैतिक आत्मसमर्पण गरेका मनमोहन अधिकारीलाई अव्वल दर्जाको क्रान्तीकारी ठानी केन्द्रीय न्यूक्लसको महासचिव नियुक्त गर्ने र २००६ सालको पार्टीका संस्थापक महासचिव पुष्पलाल जो पार्टीको जन्मकालदेखी निरन्तर संशोधन र सुधारबादका विरुद्ध संघर्ष गरिरहनु भएको थियो, वहाँलाई गद्धार पुष्पलाल भनेर किताब लेख्ने मोहन विक्रम सिंहको नेतृत्वमा गठन भएको न्यूक्लशले २०३१ सालमा चौथो महाधिवेशन गरी नयाँ जनवादी कार्यक्रमको ठाउँमा “देशभक्त तथा जनतान्त्रिक शक्तिको सरकार” को नाराको कार्यक्रम पारित गरी आफ्नो सुधारवादी सोच र चिन्तनलाई वैधानिक दिने काम ग¥यो ।
२०३१ सालमा चौथो महाधिवेशन गरी अगाडी बढेको यो समूह २०४३ सम्म आउँदा तीन चिरामा विभाजित हुन पुग्यो । यीनै समूहमध्येको एउटा समूह ने.क.पा. मोटो (मशाल) को नेतृत्वमा प्रचण्ड छानिएपश्चात वहाँले कम्युनिष्ट क्रान्तीकारीहरुको वीचमा धुर्विकरणको आवश्यकता महशुस गर्नुभयो र पार्टी एकताको प्रयास थाल्नुभयो । आधारभुत नीति, सिद्धान्त मिल्नेहरु सँग पार्टी एकता गरेर मात्रै क्रान्तीलाई अगाडी बढाउन सकिन्छ भन्ने सोच वहाँमा पैदा भएको देखिन्छ । जसको परिणाम स्वरुप २०४७ सालमा अन्य तीन समूहसँग पार्टी एकता गरि २०४८ सालमा ऐतिहासिक महाधिवेशन गरी नेपाली कम्युनिष्ट आन्दोलनमा पार्टी जन्म कालको केहि समय पछाडि देखिनै नीति र नेतृत्व, लक्ष र साधनबीचमा द्वन्द्वात्मक सम्बन्ध विचको अस्पष्टतालाई चिर्दै नेपाली जनक्रान्तिको स्पष्ट राजनैतिक कार्यदिशा र त्यसलाई प्राप्त गर्ने साधनको समेत किटानी ग¥यो ।

 

२०४८ सालमा पारित गरिएको उक्त राजनैतिक कार्यदिशालाई २०५२ सालबाट व्यवहारिक रुपमै कार्यान्वयन गरियो जसले नेपाली धर्तिलाई मात्र होइन कि विश्व जनमतलाई समेत आशा, उत्साह र उमंग भर्ने काम ग¥यो । बिसौं शताब्दीका घटनाहरुलाई कारण बनाएर माक्र्सवाद या समाजवाद असफल भयो भन्नेहरुलाई गतिलो झापड दिन यो विद्रोह सफल रह्यो । नेपाली कम्युनिष्ट आन्दोलनको अध्ययान गर्दा यहाँको मुख्य समस्या दक्षिणपन्थी संशोधनवाद नै हो । जसले त्यससंगको संघर्षलाई तीब्र बनाउँदै, त्यसमाथि प्रहार गर्दै अगाडी बढ्यो , त्यसले विकास ग¥यो । जसले त्यसो गर्न असफल रह्यो त्यो अगाडी बढ्न सकेन । यसको साथै मुख्य कुरा जडसुत्रिय संशोधनबाद जो विश्व कम्युनिष्ट आन्दोलनमा अहिले पनि एक गंभिर समस्या बनेर उभिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा पनि एक गंभिर चुनौती बनेर अहिले पनि खडा भएको छ । रुपमा अत्यन्तै क्रान्तीकारी बनेर प्रस्तुत हुने प्रधान र गौण दुश्मनको किटानी नै नगरी सोलोडोलोमा प्रहार गर्ने, माक्सवादका पुराना सुत्रहरु देश, काल, समय सन्दर्भ र परिस्थीतीको ख्यालै नगरी लगातार संग रटान लगाई रहने, क्रान्तीको निम्ती दायाँबायाँ, तलमाथि, घुमाउरो र चक्करदार किसिमको कपटसाध्य दिशा लिनुको साटो एउटै सुत्रमा लगातार अडिक रहनु यसको विशेषता हो । केहिपनि नगर्ने यसको रणनीति हो । क्रान्तीको न त पुनरावृत्ति हुन सक्दछ न त क्रान्ती कुनै व्यक्तिको चाहनामा सम्पन्न हुने कुरा हो । क्रान्ति कुनै आयत गर्ने वस्तु हो? भन्ने कुरा बुझ्न नसक्नु एउटा देशमा एउटा समयमा प्रयोग गरीएको कार्यनीति र रणनीतिहरु अर्काे समय सन्दर्भ र अर्को देशमा त्यही रुपमा लागू हुन सक्दैन भनेर बुझ्न नसक्नु यसको मूल समस्या हो । क्रान्ति बस्तु जगतमा होईन कि किताबका ठेलीहरुमा खोज्नु, सिद्धान्तका कुरा धेरै गर्नु तर व्यवहारमा जाँदै नजानु, जडसुत्रिय संशोधनबादको मूल विशेषता हो । त्यसको ठोस प्रतिनिधि संस्था विश्वजगतमा “रिम” र नेपालको सन्दर्भमा प्रतिनिधि पात्रका रुपमा मोहन विक्रम र हालको अवस्थामा  मोहन वैद्य (किरण) लाई लिन सकिन्छ ।
वर्तमान अवस्थामा देश, जनता र कार्यकर्ताको चाहना वस्तुगत आवश्यकता एवं विश्व परिवेशलाई अध्ययान गर्दा कम्युनिष्ट पार्टीहरु फुटेर हैन जुटेर, गणतन्त्रवादीहरुको विचमा, संयुक्त मोर्चा बामपन्थीहरु विचमा पार्टी एकता हालको आवश्यकता र चाहना हो ।२०६४ सालको संविधान सभाको निर्वाचन पछी झण्डै ८०%(प्रतिशत) कम्युनिष्ट जनमत रहेको हाम्रो देश नेपालमा कम्युनिष्टहरुको विचको संकिर्णता र विभाजनले नै प्रतिक्रियावादीहरुले टाउको उठाएका हुन । पुष्पलाल द्वारा विकसित गरिएका नीति र कार्यक्रमहरु, मदन भण्डारी द्वारा विकसित जवजको कार्यक्रममा रहेका राम्रा  पक्षहरु र  प्रचण्डद्वारा १८ वर्षको वर्गसंघर्षको वीचवाट प्रतिपादन गरिएका नीती, कार्यक्रमहरुसहितको २१ औं शताब्दीको जनवादको विकाश वारेको प्रस्तावलाई मूल आधार बनाएर अगाडि बढ्न सकेमा बाम एकता, नेपाली क्रान्ती संभव हुन सक्नेछ ।

– राजु अधिकारी

तपाइँको प्रतिक्रिया ।