बुनपा १० का युवा नेता सुरेश केसी वडाध्यक्षको बन्न चाहन्छन्

कपन अनलाइन, काठमाडौँ । सरकारले स्थानीय निकाय चुनावको घोषणा गरे लगत्तै बुनपा क्षेत्र राजनीतिक दलहरुमा टिकट पाउने बारे रस्साकस्सी हुन थालेको छ । टिकटको दावी गर्ने तथा सामाजिक संजालमार्फत तिखो टिप्पणी गर्ने क्रम शुरु भएको छ ।

 
२० वर्षअघि स्थानीय निकाय चुनाव भएपछि लामोसमय स्थानीय निकायमा नेताहरु जन्मने तर स्थान नपाउने समस्यालाई सम्बोधन गर्न बल्लबल्ल चुनावको घोषणासँगै टिकटको दावी गर्नुलाई अन्यथा सोच्नु नहुने तर्क पनि चलेको छ । टिकटको दावी गर्नु अघि कुनै न कुनै रुपमा आफूलाई सक्षम सोचेर नै दावी गरिने भएकाले यस्लाई सकारात्मक सोच्नु पर्ने स्वतन्त्र विश्लेषकहरु बताउँछन् ।

 
बुनपाका बिभिन्न वडाहरुमा वडाध्यक्षहरुको दावी गर्ने नेताहरुका बीच वडा नं. १० का सुरेश केसीले आफूले वडाध्यक्ष पद पाउनु पर्ने बताएका छन् । कपनअनलाइनसँग कुरा गर्दै नेपाली कांग्रेसका युवा नेता सुरेश केसीले अबको राजनीतिमा युवाहरुले विकासका लागि अगाडि सर्नु पर्ने बताएका छन् । बेला सुहाउँदो विकासका लागि युवाले नेतृत्व लिनु पर्ने बताउँदै केसीले युवाहरूलाई राजनीतिर चासो दिलाउनका लागि पनि नेतृत्वले युवा समेट्न आवश्यक रहेको बताउँछन्  ।

 
२० वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा २० वर्ष अघिकै व्यक्तिहरू हावी हुँदा विकासका गतिबिधि कमजोर हुने सोच राख्छन सुरेश केसी । विकासका लागि स्थानीय निकायमा जनप्रतिनिधिको रुपमा अगाडि बढ्नु सबैभन्दा महत्वपूर्ण कुरो भएकोले आफू वडाध्यक्षको दावी गरिरहेको सुरेश केसीको तर्क थियो । युवाहरुमाझ राम्रो छवि भएका केसी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

तपाइँको प्रतिक्रिया ।