चस्मा फुट्यो प्रचण्डको, अनुहारमा घाउ लाग्यो

एकीकृत माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आएका एकजनाले हात मिलाइसकेपछि प्रचण्डमाथि झापड प्रहार गरेका छन् ।  चियापानमा  प्रचण्डलाई शुभकामना दिन नजिकै पुगेका बागलुङका २५ वर्षीय पदम कुँवरले थप्पड हानेका हुन् । थप्पड हान्दा दाहालको चस्मा भूईँमा खसेको थियो ।  झापड खाएपछि दाहालको अनुहार मलिन बनेको थियो। निकै सशक्त झापड हानेका कारण अध्यक्ष दाहालको चस्मा फुटेको छ साथै चोट समेत लागेको छ ।

झापड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।  अनुसन्रधान  प्रहरीले नियन्त्रणमा लिनुअघि ती व्यक्तिमाथि माओवादी भातृ संगठनका युवाहरुले आक्रमण गरेका थिए । कुटपीटबाट उनी गम्भीर घाइते भएका छन् ।

यसैबीच, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानेको प्रकरणबारे छलफल गर्न एमाओवादीको आकस्मिक बैठक बसिरहेको छ । दाहाल निवास लाजिम्पाटमा जारी बैठकमा शीर्ष नेताहरु सहभागी छन् ।

 

तपाइँको प्रतिक्रिया ।