कपनमा लक्ष्मी पूजा धुमधामका साथ मनाईंदै

रातको  १२ बजेसम्म  मात्र द्यौसी – भैली खेल्न अनुमती

काठमाडौं, २८ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार र लक्ष्मी पूजा कपन लगायेत् देशभर धुमधामका साथ मनाईंदै छ । आज बिहान यमदूतका रुपमा  कुकुरको पूजाआजा गरिएको  छ ।

घरको रक्षक र इमान्दार जन्तुका रुपमा समेत वर्षको एकपटक कुकुरलाई पुज्ने परम्परा रही आएको छ । आज कुकुरलाई मीठा–मीठा परिकार समेत खुवाउने गरिन्छ ।

त्यस्तै आजै साँझ धनकी देवी महालक्ष्मीको पूजाआजा गरिदै छ । साँझ घर–आँगन लिपपोतगरी सफा गर्ने गरिन्छ । सयपत्री फूल लगायतले घर विशेष तरिकाले सिंगार्ने र दीपावली गरिन्छ । त्यस्तै साँझ तिहारमा प्रयोग हुने विभिन्न फलफूल राखी धनकी देवी लक्ष्मी देवीको विशेष सत्कारका साथ पूजाआजा गरिन्छ ।

तिथि अनुसार कार्तिक कृष्ण आमावश्याका दिन यो पर्व मनाइन्छ । वर्षका चार महत्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ । आजै बेलुकी घरघरमा गएर भौलो खेल्ने गरिन्छ । येस्पालि कपन क्षेत्र वोरपर भने बिहान १२ बजेस्म मात्र भैली   तथा देउसी खेल्ने  अनुमती कपन प्रहरी प्रभागले   प्रदान  गरेको छ!

तपाइँको प्रतिक्रिया ।