क्षेत्रीय पुष्प व्यापार मेला हुने
कपन अनलाइन
पोखरा, १० फागुन । पोखरा सभागृहमा यही फागुन १२ गतेदेखि १६ गतेसम्म छैठौं पश्चिमाञ्चलस्तरीय क्षेत्रीय पुष्प प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ ।
‘पुष्प व्यवसाय प्रवद्र्धनका लागि पुष्प व्यापार मेला’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन कास्कीको आयोजनामा हुने सो मेलामा ३५० भन्दा बढी प्रजातिका फूल प्रदर्शन गरिने संयोजक पङ्कज पौडेलले जानकारी दिनुभयो ।
मेलामा राखिने २९ वटा कक्षमा परम्परागत पूmलका साथै कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साइँ बिरुवा प्रदर्शनी गरिने छ । प्रदर्शनीमा रु २० हजारदेखि रु ५० हजार पर्ने बिरुवा बिक्रीका लागि राखिने बताइएको छ । रासस
तपाइँको प्रतिक्रिया ।