सांसद फुयाँलको प्रयासमा महिलालाई मोटर ड्राइभिङ तालिम

कपन अनलाइन, काठमाडौँ । महिलालाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउने लक्ष्यका साथ केही तीन वर्षअघिदेखि सांसद रामेश्वर फुयाँलले आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट केही रकम विनियोजन गर्दै आएका छन्  ।

बौद्ध महिला समूहले सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । मोटर ड्राइभिङ तालिममार्फत शिक्षित तथा अशिक्षित बेरोजगार युवती, दलित र जनजाति महिलाहरु स्वरोजगार भई समाजमा आर्थिक रुपमा सक्षम र आत्मनिर्भर भएका छन् ।

सांसद फुयाँलले सो तालिमको उद्घाटन गर्दै तालिमबाट आर्थिक उपार्जनमा पुरुषसरह महिलाले पनि केही गर्न सक्छन् भन्ने भावनाको विकास हुने बताए । चालु आवमा निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु दुई लाख विनियोजन गरिएको सांसद फुयाँलले जानकारी दिए । समूहका अध्यक्ष लक्ष्मी श्रेष्ठले महिलालाई सक्षम र चेतनशील बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न तालिम सञ्चालन गरिएको जानकारी दिइन्  ।

तपाइँको प्रतिक्रिया ।