चेरेस–लामीडाँडा कृषि सडक निर्माण

कपन अनलाइन 

रत्ननगर (चितवन), २६ माघ । दारेचोकको चेरेस–लामीडाँडा कृषि सडक निर्माण सम्पन्न भएको छ ।

सांसद विकास कोषको रु २४ लाख ५० हजार, गाविसको रु पाँच लाख र स्थानीयवासीको आर्थिक सहयोग गरी रु ३३ लाखको लागतमा सात किलोमिटर सडक निर्माण सम्पन्न भएको सो क्षेत्रका सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

कुरिनटारको केबुलकार नजिकैबाट उक्त सडक निर्माण भएसँगै स्थानीयवासीलाई सहज भएको छ । सडक निर्माणपछि किसानलाई उत्पादित तरकारी बोकेर बजारसम्म पु¥याउनुपर्ने बाध्यता हटेको छ ।

दारेचोक गाविसका सचिव नीलकण्ठ लामिछाने सडक निर्माणसँगै लामीडाँडा र त्यस आसपासका गैरीगाउँ, डाँडागाउँ, केराबारी, कमलाबारलगायत गाउँका बासिन्दा लाभान्वित भएका बताउनुभयो । जिल्लाका आठवटा पहाडी गाविस ग्रामीण क्षेत्रमा कृषि सडकको आवश्यकता रहेका स्थानीयले बताएका छन् । कतिपय स्थानमा बनेका निर्माण भएका सडक जीर्ण अवस्थामा रहेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।