इजरायल मा बन्यो शेर्पा संघ

ढिला गरि प्राप्त समाचार अनुसार  असोज २४  गते शुक्रबारका दिनमा इजरायल को शहर तेलअभिब मा बसेको शेर्पा जातिहरूको भेलाले बिगत केही बर्ष यता देखी दुई संस्था मा बिभाजित शेर्पा जातीको छाता सङ्गठन ( शेर्पा संघ इजरायल र शेर्पा किदुक इजरायल ) एकै संस्थामा एक्रिकित यानिकी शेर्पा संघ इजरायल मा गठित भएको जानकारी गराएको छ ! साथै भेलाले नयाँ कार्य समिती चयन समेत गरेको जानकारी गराएको छ ।

 

 

 

संस्था मा नयाँ नेतृत्व

अध्यक्ष : श्री छिरिङ्ग शेर्पा लामा
प्र. उपाध्यक्ष : श्री निमा शेर्पा
दी. उपाध्यक्ष :फुर्बा शेर्पा
सचिव : बिशाल शेर्पा
महा सचिव : डोमा शेर्पा
कोषाध्यक्ष : पेम्लो शेर्पा
सदस्य : लाक्पादिकी शेर्पा
सदस्य : आङ् डोमा शेर्पा
सदस्य : दावा सोनाम शेर्पा
सदस्य : रिन्जी लामा
सदस्य : कामी शेर्पा
सदस्य :साङ्मु शेर्पा

इजरायलमा कार्यरत शेर्पा जाती हरु को बिभिन्न बाधा ब्यबधान समस्याहरुलाई समाधान गर्न को निमित यो संघ सदैब तत्पर प्रतिबद्द रहेको कुरा  महा सचिव डोमा शेर्पा ले कपनअनलाइन सँग स्काइपि च्याट मा बताउनु भयो !

स्मरण रहोस् डोमा शेर्पा कपन अनलाइन का इजरायल सम्वाद दाता हुनु हुन्छ !

नवनियुक्त कार्य समितिलाई कपन अनलाईनको तर्फबाट हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना ।

तपाइँको प्रतिक्रिया ।