एनटिसी मामोबाइलमा ह्याकरको सन्देश आएपछि उपभोक्ता हैरान

११ कार्तिक, काठमाडौ । ह्याकरले पाँच हजार कल फ्रि पाउनुभयो भनेर एनटिसी मोबाइलमा सन्देश आएपछि उपभोक्ता हैरान भएका छन्। ह्याकरले भारतीय नम्बरबाट पाँच हजार कल फ्रि भनेर सन्देश हिजोबाट नै पठाउने गरेको कारण एनटिसीका उपभोक्ता हैरान छन्। ‘तपाइँ जित्नु भएकामा धन्यवाद तपाइँले तुरुन्तै यो नम्बरमा फोन गर्दा पाँच हजार कल फ्रि पाउनुहुन्छ’, ह्याकरले पठाएको सन्देशमा उल्लेख गरिएको छ।

इँटाटार घर भई लहानमा डेरा गरी बस्ने एनटिसी उपभोक्ता धमेन्द्र पासवानले एउटै मोबाइलमा १० वटासम्म सन्देश भारतीय नम्बरबाट पठाउने गरेको बताए । उनले आफूले बोकेको मोबाइलमा पनि सातवटा एकै खालका सन्देश आएको सुनाए ।
एनटिसी उपभोक्ता पासवानले भने, ‘सन्देश हेर्दा खुसी भएर एनटिसीको कस्टमर केयरमा फोन गरेर सोद्धा ह्याकरले गलत सन्देश पठाएको जवाफ पाए।’ सन्देश पठाएको नम्बरमा उपभोक्ताले फोन गर्दा काटेको पैसा ह्याकरको आम्दानी हुने गरेको बुझिएको छ।
सन्देश आएपछि खुसी हुँदै कतिपय उपभोक्ताले रिचार्ज कार्ड बिक्री हुने पसलसमेत धाउने गरेका छन्। लहानस्थित के साइबरका सञ्चालक निर्मला चौधरीले एनटिसी मोबाइलमा पाँच हजार फ्रि कल जितेको सन्देश आएपछि उपभोक्ताहरु यहाँ आउने गरेको बताए । उनले भने, ‘खुसी भएर यहाँ आउने उपभोक्ता ह्याकरले गतल सन्देश पठाएको थाएपछि दुःखी हुँदै फर्किने गर्छन्। रासस
तपाइँको प्रतिक्रिया ।