सडक दुर्घटनामा एकको मृत्यु

कपन अनलाइन 

विराटनगर: मोेरङको विराटनगरस्थित विद्युत् प्राधिकरण कार्यालय नजिकै आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

 
मृत्यु हुनेमा विराटनगर–८ बस्ने ३५ वर्षीय मनिस दुगड रहेका छन् । दक्षिणतर्फ जाँदै गरेको सशस्त्र प्रहरी बलको बा१ग १८७३ नंको गाडीलाई उत्तरतर्फ जाँदै गरेको को१त ६५८४ नंको मोटरसाइकलले उछिन्न खोज्दा गाडीमा ठक्कर लागेर मोटरसाइकल चालक दुगडको मृत्यु भएको स्थानीयले बताएका छन् ।

 
उत्तरतर्फ जाँदै गरेको बा१ग १८७३ नंको ट्र्याक्टरका कारण दुर्घटना भएको आशङ्का रहेको भन्दै दुर्घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।