बौद्ध प्रहरी वृत्तबाट डिएसपि श्याम ज्ञवालीको सरुवा
कपनमा सुशिल कोइरालामाथि भएको आक्रमणका कारण पनि उनको सरुवा भएको हुन सक्ने !!
प्रहरी प्रधान कार्यालयले देशभरीका एसपि तथा डिएसपि सरुवा गरेको छ । नियमितरुपमा गरिएको भनिएको यस सरुवाबाट कपन प्रभाग हेर्ने बौद्ध वृत्तका प्रमुख श्याम ज्ञवाली पनि बाहिरिएका छन् ।
कपनमा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालामाथि भएको सांघातिक हमलाका विषयमा पछिल्ला दिनमा आलोचना तथा विवादमा रहेका ज्ञवालीको सरुवालाई नियमित सरुवाभन्दा फरक दृष्टिले पनि हेर्न थालिएको छ ।
कपनमा सुशिला कोइराला आउँदा कपन प्रभागका प्रमुखलाई समेत अन्य तालिममा खटाएर सुरक्षा व्यवस्था कमजोर बनाएकोमा डिएसपि श्याम ज्ञवाली पछिल्लो समय विवादमा तानिएका थिए । उनीसँग कपन प्रभाग प्रमुखसमेत शंकाको घेरामा रहेका छन् । डिएसपि श्याम ज्ञवालीको सरुवापछि कपन प्रभाग प्रमुख नवराज ढुगांना कपनमा रहने वा नरहने भन्ने विषय पनि गर्माएको छ ।
बौद्ध प्रहरी वृत्तमा डिएसपि श्याम ज्ञवालीलाई पदस्थापन गर्न तालिमकेन्द्र महाराजगञ्जका डिएसपि मनोजकुमार केसी आएका छन् ।