सांसदद्वारा एम्बुलेन्स हस्तान्तरण

कपन अनलाइन 

कञ्चनपुर: संंसदीय विकास कोषको रकमबाट स्थानीय झलारी पिपलाडी नगरपालिकास्थित पिपलाडी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स आज हस्तान्तरण गरिएको छ ।

संसदीय विकास कोषबाट प्राप्त रु आठ लाख ३० हजारबाट खरिद गरिएको एम्बुलेन्स सांसद कृपाराम रानाले स्वास्थ्यचौकी सञ्चालन समितिका सदस्य सचिव चेतराज भट्टलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले दुर्गममा रहेको स्वास्थ्यचौकीले एम्बुलेन्स सेवा सञ्चालन गरी सर्वसाधारणको उपचारमा थप टेवा पुग्ने बताउनुभयो ।

स्वास्थ्य चौकीका निमित्त कार्यालय प्रमुख दिलीपसिंह साउदले सांसद रानालाई दुई कोठे पक्की भवन, इन्सीनेटर, डम्पिङ साइट, पर्खाल रङरोगनका लागि रु १७ लाख ५० हजार रकमको व्यवस्था गरिदिनका लागि आग्रह गर्नुभयो ।
रासस

तपाइँको प्रतिक्रिया ।