रामारोशनको दलित बस्तिमा खाने पानिको अभाब

कपन अनलाइन 

एकेन्द्र महता /अछाम

अछाम जिल्लाको रामारोशन गाविस वडा नम्वर २ र ३ को दलित बस्तिमा खाने पानिको अभाब बढ्दै भएको छ। बिगत लामो समयदेखी खानेपानीको अभाव भोग्दै आईरहेका त्यहाँका उभोक्ता खानेपानीका मुहान जिर्ण बन्दा स्थानीय बासी दिनानुदिन समस्यामा पर्दै आएका हुन ।

 

हिउँद याम सुरु भए संगै खानेपानीको अभाव थप बढ्दै गएको स्थानिय बासिन्दा प्रकाश टमट्टाले बताए । करिव २०० घरधुरी रहेको उक्त दलित बस्तिमा खाने पानिको परिपूर्तिका लागि २०५२ सालमा खानेपानी आयोजना सञ्चालन गरिएको भएपनि उक्त योजना जिर्ण बन्दै जाँदा समस्या चुलिएको वडा नम्बर ३ का मन्दिर परिवारले बताए ।

 

खानेपानी योजना अछाम र कालिकोटको सिमाना टोट्के भन्ने ठाँउबाट आउने गरेको र हाल सबै संरचना जिर्ण बन्दै जाँदा पानी नै नआँउदा समस्या भयको हो । बिगत देखि सञ्चालनमा आएको खानेपानीको पाईप ठाउँ ठाउँमा फुटेका कारण पानि चुहिने गरेकोले पानि कम आउन थालेको हो ।

 

पानि कम आउनाले स्थानियहरु धेरै समय लाईन बस्नु पर्ने समस्या रहेको छ । ‘ पछिल्लो समय खानेपानीको समस्या निक्कै बढी भएपछि स्थानिय महिला तथा बालवालिका करिव एक घण्टाको पैदल दुरीमा रहेको पैयाँ धारा भन्ने ठाँउको पानी पिउन बाध्य बनेको ‘ स्थानिय भिके टमटा बताउँछन् ।

 

खानेपानी मर्मत तथा सुधारको लागि कोही कसैको पनि ध्याँन जाँन नसकेको स्थानियवासिको गुनासो छ । रामरोशनमै रहेको यसोदा उच्च माध्यामिक विद्यालयमा अध्यायनगर्ने बिद्यार्थि पनि प्रभावित बनेका छन । खानेपानीको अभाबका कारण विद्यार्थीलाई दिशापिसाब गर्न त परै जाओस पिउन समेत पानी नभएको स्कुलका विद्यार्थीको गुनासो छ ।

 

विद्यालयमा चर्पि भए पनि पानिको अभाबका कारण दिशापिसाब गर्न जंगल जानु पर्ने बाध्यता रहेको छ । हामिलाई प्यास लाग्दा गाउँमा मागेर खानुपर्छ नभए सधै यस्तै बस्न पर्ने बाध्यता रहेको स्कुलकि छात्रा भगवति शाह दुखेसो गर्छिन ।

तपाइँको प्रतिक्रिया ।