साँफेबगरमा बजाजको नयाँ सोरुम

साँफेबगरमा बजाजको नयाँ सोरुम

कपन अनलाइन 

एकेन्द्र महता

सांफेबगर   अछाममा बजाजको नयाँ सोरुम स्थापना गरिएको छ । युवा ब्यावसायि तथा उद्योग बाँणिज्य संघ अछामका सदस्य भरत खड्काले अछाम सहित छिमेकी जिल्लाका सेवाग्राहीको मागलाई मध्यनजर गर्दै सोरुम स्थापना गरेका हुन ।

सुस्मा ट्रेड एण्ड सप्लायर्स नाम दिईएको बजाजको मोटरसाईकल सोरुमको एक कार्यक्रमका बिच अछाम उद्योग बाँणिज्य संघका महाँसचिव बम बहादुर रावलले उदघाटन गरे । उदघाटन गर्दै उनले यस्ता सेवामुलक कम्पनिले दुर्गममा आफ्नो सेवा बिस्तार गर्दै यहाँको विकासमा समेत टेवा पुग्ने बताए ।

सोरुममा बजाज कम्पनीका सम्पूर्ण मोटरसाईकलहरु किन्न पाईने र मोटरसाईकलका सम्पूर्ण पार्टपुर्जाहरु पनि उपलब्ध हुने प्रोपराईटर खड्काले बताए । आन्तरिक राजस्व कार्यालय धनगढी, उद्योग बाँणिज्य संघ अछाम र घरेलु तथा साना उद्योग विकास समिती अछाममा दर्ता भएको सप्लायर्सले सोरुमका लागि ५० लाखको लगानी गरेको छ ।

तपाइँको प्रतिक्रिया ।