अस्ट्रेलिया विरूद्ध अलीको दोहोरो शतक

कपन अनलाइन, १३ पौष, २०७३

पाकिस्तानी ब्याट्सम्यान अजहर अलीले मेलवर्नमा संचालन भैरहेको टेस्टमा व्यक्तिगत २०५ रन बनाउँदै अस्ट्रेलियामा दोहोरो शतक बनाउने पहिलो पाकिस्तानी खेलाडी बनेका छन् । साथै अस्ट्रेलियाको भूमिमा  विव रिचर्ड्सपछि दोस्रो सबैभन्दा धेरै रन बनाउने विदेशी खेलाडी पनि भएका छन् । पाकिस्तानले अलीको दोहोरो शतकको मद्धतले ४४३-९ मा आफ्नो पारी समाप्त गरेको छ भने तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले वार्नरको शतकीय पारीमा २७८-२ रन बनाएको छ । ३ टेस्टको शृंखलामा अस्ट्रेलिया १-० ले अगाडि छ ।

फोटो: एपि

तपाइँको प्रतिक्रिया ।