कपन मा बहुमुल्ये सालकको खपटा सहित तस्कर पक्राउ
१७ कपन/ आज कपनमा सालकको खप्टासहित एकजना पक्राउ परेका छन् ! चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत गर्न महानगरीय प्रहरी प्रभाग कपनले सुरुगरेको विशेस खान्तलासी तथा चेक् जाचको क्रममा आज बिहान ८:३० बजे कपन ३ मिलनचोकमा बा ४ प ९८१२ नम्बरको मोटरसाइकल मा लुकाइ छिपाइ राखियेको ३ के.जी. बराबरको सालकको खपटा सहित स्वयम्भु बस्ने जिर्पा भोटे नाम गरेका ब्यक्ती लाई नियेन्त्रण मा लिएको हो !
चिनियाँ बजारमा अहिले सालकको खपटाको मूल्य प्रतिकिलो एक लाखको हाराहारीमा छ। विदेशमा सालकलाई घर, रेस्टुराँ वा गार्डेनमा पाल्नका लागि जिउँदै तस्करी गरन्िछ भने मरेको सालकलाई रसायनयुक्त सिसामा राखेर सजाउने गरन्िछ। औँठी, मालाका साथै विभिन्न प्राचीन चिनियाँ औषधीका लागि समेत सालकका खपटा प्रयोग हुँदै आएका छन्। तर, यसले औषधीको काम गर्छ/गर्दैन भन्ने कुराको हालसम्म कुनै वैज्ञानिक पुष्टि भएको छैन।सालककै खपटाबाट बनाइएको ज्याकेट/ब्यागजस्ता सामग्री प्रयोग सम्भ्रान्त वर्गबीच प्रतिष्ठाको विषय मानिँदै आएको छ।
यसमा संलग्न गिरोहको अन्तर्राष्ट्रिय सञ्जाल हुन्छ र यहाँ खटिने दलालले चीनको सीमापारसिम्म वा सीमासम्म लगिदिने काम गर्छन्। पछिल्लो समय विदेशी नागरकि नै नेपाल नै आएर सालक लैजाने गरेको समेत भेटिएको थियो । ८ जेठमा ४६ किलो खपटासहित चिनियाँ नागरकि याउ फुउ, जु जियाङ्बो, भारतीय नागरकि अमित जैन र सुनीलकुमार बर्मालाई पक्राउ गरएिको थियो।
आज समातियेका जिर्पा भोटे अन्तर्राष्ट्रिय सञ्जाल का नाइके हुन्न वा स्थानिये दलाल हुन भन्ने बारे प्रहरीले केही बतायेको छैन! महानगरीय प्रहरी प्रभाग कपनले जिर्पा भोटे लाई महनगरिये प्रहरी व्रित बौद्धमा बुझाइयेको महानगरीय प्रहरी प्रभाग कपन का प्रहरी निरीक्षक नवराज ढुंगानाले कपन अनलाइनलाई बताउनुभयो !
सालक समन्धी थप् जान्कारिका लागि विकिपिडिया हेर्नुहोस्