तीनदर्जन कांग्रेसका नेता तथा कार्यकर्ताले दल त्याग गरे

१७ असोज नेपाली राजनीति मा केहिसमये येता आएर आफ्नु विचार नसमेटियेको आधारमा पाटी परित्याग गर्ने हरूको लहरनै लागेको छ, येही लहरमा आफ्नु नाम  आज  नेपाली कांग्रेस ले पनी पनि जोडेको छ !पूर्व सभासद कुमार राईसहित करिब तीनदर्जन कांग्रेसका नेता तथा कार्यकर्ताले दल त्यागको घोषणा गरेका छन् । आज  बौद्धमा एक कर्येक्रम  आयोजना गरी  कांग्रेसका नेता तथा कार्यकर्ताले दल त्यागको घोषणा गरेका हुन्न ।  दल त्याग घोषणा सभा मा बोल्दै राइले भने ‘कांग्रेसमा एकसय असी डिग्री बिचलन आएको छ ।”कांग्रेस उत्पीडित जनताको हक सुनिश्चित नगर्ने भएकाले आजका मितिबाट त्यागेको घोषणा गर्दछौं,’
येसै गरि दलत्याग गरेका  समूहले जारी गरिएको  विज्ञप्तिमा भनिएको छ,  ११ बुँदे माग कांग्रेस केन्द्रीय कार्यसमितिमा बुझाएको तर गम्भीर नरहेकोले दल त्यागेका हौ! आज कांग्रेस त्याग्नेमा संखुवासभाका पूर्व सांसद दुर्गामणि देवान,  सिन्धुलीका उपसभापति बुद्धराज राई, ओखलढुंगाका जुद्धबहादुर राई, म्याग्दीका टिकाप्रसाद गौचन, नवलपरासीका राजकुमार महतो, नुवाकोटका सुवास तामाङ, दोलखाका नोर्साङ शेर्पा लगाएत का छन् !

येसै बिच ‘आदिवासी जनजातिका मागलाई सम्बोधन गर्न कांग्रेस तयार’ भन्दै  रासस ले येस बारेको समाचर  मा लेखेको  छ

पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बुधबार बसेको पदाधिकारी तथा नेताहरुको बैठकले जनजातिका मुद्दा र मागलाई जायज ठहराउँदै लोकतान्त्रिक प्रक्रिया र पद्धतिबाट समाधान गर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले आदिवासी जनजाति नेताहरुका मागप्रति पार्टी सधैँ सकारात्मक रहेको र आदिवासी जनजातिका मुद्दामा पार्टी गंम्भीर रहेको बताए ।
‘आदिवासी जनजातिका माग र मुद्दाप्रति कांग्रेस गम्भीर छ,’ उनले भने, ‘पार्टीभित्र परामर्श गरेर आदिवासी जनजातिका जायज मागलाई सम्बोधन गरिने छ ।’

ने. का. मा भुइचालो आएपछी
आदिवासी जनजाति नेताहरुको मागका विषयमा रायसुझाव दिन केन्द्रीय सदस्य भीमबहादुर तामाङ संयोजकत्वमा गठित समितिले आजै आफ्नो प्रतिवेदन पार्टीसमक्ष बुझाएको छ ।प्ररतिवेदनमाथि छलफल गर्न काँग्रेस का पदाधिकारी र नेताहरुको बैठक भोलि पनि   बस्ने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।