मलेसियामा दुतावासले गर्यो बृहत अन्तर्क्रिया
कपन अनलाइन, पौष ४, २०७३/दिनेश खड्का” खप्तडी” मलेसिया
मलेसियाका लागि नेपाली राजदुत डा निरञ्जनमानसिहं बस्नेतले करिब ७ सातलाख नेपाली श्रमिक हाल मलेसियामा रहेको तथ्यांक भएता पनि जनशक्तिकाे अपुग रहेकाे बताएका छन् । आइतबार नेपाली राजदुतावास मलेसियाद्वारा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत बस्नेतले बताएका हुन् । उनले पटक-पटक सरकारलाई लिखित पत्रबाट जानकारी गराइएको तर हालसम्म श्रमिकका समस्या सामाधान नभएकाे बताए ।मलेसियामा नेपाली कामदारको सव(लास) अलपत्र रहेको बताउँदै राजदुत बस्नेतले अलपत्र अबैधानिक शबकाे लागि बैदेशिक राेजगार, व्यवसायिक ऐन बाधक हुँदा ६ जना अबैधानिक नेपालीको शब नेपाल पठाउन नसकिएकाे दाबी गरे । हालसम्म दुईसयभन्दा धेरै नेपालीहरु जेलमा रहेकाे तथ्याङ्क छ भने घरफिर्ती केन्द्रमा दुई सय पचास जना रहेका छन् । त्यस्तै उच्च मृत्युदर रहेकाे मलेसियामा अात्महत्या गर्नेकाे सङ्ख्या पनि बढ्दाे छ । बिभिन्न कारण मृत्युदण्ड पाउनेहरु पनि करिब अाधा दर्जन रहेको पनि राजदूतले बताए।
उपस्थित श्रमिकहरुका हकअधिकारका निम्ति उठाएका सवाललाई सम्बोधन गर्दै बस्नेतले श्रमिककाे पक्षमा अाफुले काम गरेकाे र श्रमिकहरुका समस्यालाई पहिलो प्रथामिकता दिदै आएको उल्लेख गरे । अबका दिनमा पनि साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सम्पन बृहत् अन्तरक्रिया कार्यक्रममा मलेसिया स्थित नेपाली गठित विभिन्न श्रमिक , संघ संस्थाका का प्रमुख प्रतिनिधि , पत्रकार , ब्यबसायी, नेपाली श्रमिकहरु लगायतको बाक्लो उपस्थित रहेको थियो ।साथै परदेशी धमाका मलेसियाकाे तर्फबाट धमाका केन्द्रिय प्रमुख दिल केरुङ लिम्बुले पाँच जना श्रमिकको उद्दारकाे लागि मलेसियन पाँच हजार रिंगेट महामहिम राजदुतलाई उक्त कार्यक्रमको अवसरमा पारि रकम हस्तान्तरण गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।