स्वास्थ्यमन्त्री गगन थापाबाट ललितपुरमा बज्रबराही सामुदायिक अस्पताल उद्घाटन
कपन अनलाइन, ललितपुर, २७ मङ्सिर, २०७३
स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज एक कार्यक्रमबीच बज्रवाराही नगरपालिका–१० स्थित चापागाउँमा बज्रवराही सामुदायिक अस्पताल उद्घाटन गरेका छन् । साविक रुपमा सञ्चालन हुँदै आएको बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रलाई रुपान्तरण गरेर सामुदायिक अस्पतालमा परिणत गरिएको हो । सो अवसरमा मन्त्री थापाले सामुदायिक अस्पताललाई जिल्ला अस्पतालका रुपमा लैजान सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
अस्पताललाई आवश्यक पर्ने उपकरणका लागि उचित बजेटको व्यवस्था गर्नेसमेत स्वास्थ्यमन्त्री थापाको भनाइ थियो । थापाले अस्पताललाई आवश्यक पर्ने नयाँ भवनको समेत शिलान्यास गरेका छन् ।
अस्पतालमा २५ श्यया क्षमता भएको उहाँले बताउनुभयो । प्राप्त रकमले हाल अस्पताल सञ्चालनमा रहेको भवनको माथिल्लो तला थप र नयाँ एकतले भवन निर्माण हुने उहाँले बताउनुभयो । सो अवसरमा राजनीतिक दलका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापालाईसोही स्थानमा जिल्ला अस्पताल स्थापनाका लागि ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस बज्रवाराही नगर कार्यसमितिका सभापति सुरज श्रेष्ठले बताएका छन् ।