दोहोरीको क्षेत्रमा गायक जोशी भन्छन् “सबैले रुवाउने मलाई मात्र हो”

दोहोरीको क्षेत्रमा गायक जोशी भन्छन् “सबैले रुवाउने मलाई मात्र हो”

एकेन्द्र महता

लोकदोहोरी गितको क्षेत्रमा लामो समय देखी लागी परेका गायक डण्डीराज जोशीको अत्यन्तै मार्मीक गित सुन्ने स्रोताहरुका लागि “सबैले रुवाउने मलाई मात्र हो” नामको गित केही समय अगाडी मात्र बजारमा आएको हो । २०६४ सालदेखी नै निरन्तर लोक दोकदोहोरी गितको क्षेत्रमा लागी परेका जोशीको यो गित अत्यन्तै मार्मिक र हृदय स्पर्सी शब्दहरुले सजाईएको छ ।

गायक तथा शब्द संकलक समेत रहेका  जोशीले विगतमा पनि झ¥यो पात डाली सुकेर, के भनौँ र मैले, जोवनको धनि, मर्म यस्तै छ, कस्तो माया बस्यो नि अचम्म, नअस्ताउ ए जुन लगाएत गितहरुमा स्वर तथा शब्द संगित समेत गरीसकेका छन् । कलाकार जोशी भन्नु हुन्छ “लोक दोहोरी गितको क्षेत्रमा आफु विगत देखी लागी परेको र आउँदा दिनहरुमा पनि निरन्तर लागि पर्ने छु ।” आफ्नै शब्द संगित तथा आफैले स्वरबद्ध गरेको यो गितमा गायिका निरुता खत्रीले पनि स्वर दिएकी छन् ।

सुदूरपश्चिमको पहाडी जिल्ला अछाम पायल गाविस १ मा २०४४ सालमा जन्मनु भएका कलाकार जोशीले गाउँमै रहेको बैजनाथ मा.वि बाट एस.एल.सी. पास गर्नु भएको र हालै त्रिपुरा शुन्दरी क्याम्पसबाट स्नातक सम्मको अध्ययन समेत पूरा गरीसक्नु भएको छ । गायक जोशी भन्नु हुन्छ “मैले आफ्नै जिवन अनुभव र भोगाइहरुलाई यथार्थ चित्रण गरी गितको माध्यमबाट स्रोतामाझ प्रस्तुत गर्ने गरेको छु, अब छिट्टै यो गितको छायाकंनको पनि तयारी गरीरहेको छु ।” जोशीका यो भन्दा अघिका गितहरुको लोक प्रियता त छदै थियो त्यसमाथि झन यो गितले बजारमा थप चर्चा बटुल्दै गएको छ ।

हेर्नुहोस् भिडियो :

तपाइँको प्रतिक्रिया ।