भारती खरेल पुरस्कार प्रसाईं दम्पतीलाई

भारती खरेल पुरस्कार प्रसाईं दम्पतीलाई

कपन अनलाइन, काठमाडौँ, १६ मङ्सिर ।

यस वर्षको भारती खरेल पुरस्कार साहित्यकार दम्पती नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसार्इंलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

भारती खरेल स्मृति प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई शताब्दी पुरुष सत्यमोहन जोशी तथा प्रतिष्ठानका संरक्षक चन्द्रिकानन्द खरेलले रु ५१ हजार र ताम्रपत्रसहित सम्मान गर्नुभयो ।

साहित्यकार भारती खरेलको ६९ औँ जन्मजयन्तीका अवसर पारेर आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले उहाँ (भारती खरेल)ले ५४ वर्षको छोटो जीवनकालमै उत्कृष्ट साहित्य रचना गर्न सफल भएको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रयागराज वाशिष्ठले पुरस्कृत प्रसाईं दम्पतीलाई ‘आधुनिक मोतीराम’को सङ्ज्ञा दिँदै उहाँहरुले नेपाली भाषा र साहित्यको विकास, विस्तार, सम्बद्र्धन, समीक्षा, सिर्जना र सम्पादनमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको बताउनुभयो । साहित्कार दम्पती नइ प्रकाशन र त्रिमूर्ति निकेतनका संस्थापक र प्रकाशक हुनुहुन्छ । रासस

तपाइँको प्रतिक्रिया ।