वरिष्ठ नेता पौडेल र जाइकाका अध्यक्ष डा सिनिचीबीच भेटवार्ता

कपन अनलाइन, काठमाडाँै, १४ मङ्सिर ।

जापान सरकारको निमन्त्रणमा एक साता लामो जापान भ्रमणमा जानुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डा सिनिची किटाओका बीचमा आज त्यहाँ भेटवार्ता भएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध तथा विकासका बारेमा छलफल भएको उहाँको निजी सचिवालयले जनाएको छ । भेटमा भूकम्पपछिको पुनः निर्माणका विषयमा जाइकाका अध्यक्ष डा सिनिचीसँग कुराकानी भएको र जाइका अध्यक्ष सिनिचीले पुनःनिर्माणको अवस्थाका बारेमा चासो व्यक्त गर्नुभएको वरिष्ठ नेता पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिनुभयो ।

उहाँहरुबीच सप्तगण्डकी जलविद्युत् आयोजना, बूढीगण्डकी आयोजना र नागढुङ्गा सडकमा बन्न लागेको टनेलका बारेमा पनि कुराकानी भएको थियो । वरिष्ठ नेता पौडेलसँगको भेटमा जाइका अध्यक्षले नेपालको संविधान कार्यान्वयनको अवस्थाका बारेमा चासो राख्दै राजनीतिक स्थिरता भएमा विकास र लगानीका लागि वातावरण निर्माण हुने सुझाव दिनुभएको सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।