तोकिएको गाविसमै बसी सेवा प्रदान गर्न निर्देशन

कपन अनलाइन, काठमाडौँ, १२ मङ्सिर ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका गाविस सचिवलाई तोकिएको स्थानमा बसी सेवा प्रदान गर्न आज निर्देशन दिएको छ ।

मन्त्री हितराज पाण्डेले भूकम्पपछिको पुनःनिर्माणसँग सम्बन्धित कामको चाप भए पनि गाविस सचिवले जिल्ला सदरमुकामा सम्पर्क कार्यालय खोली सेवा प्रवाह गर्ने गरेको पाइएकाले तोकिएको गाविसमा नै बसी सेवा प्रवाह गर्न १४ जिविसमार्फत सचिवलाई विशेष निर्देशन दिइएको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत गाविस सचिव तोकिएको स्थानमा नबस्ने गरेकामा चासोे व्यक्त गरिएको थियो । देशभरका अन्य गाविस सचिवलाई पनि सम्बन्धित गाविसबाटै सेवा दिन निर्देशन दिइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।