पन्तुरा नदीमा पक्की पुल

पन्तुरा नदीमा पक्की पुल

कपन अनलाइन, डडेल्धुरा १२ मङ्सिर ।

परशुराम नगरपालिकाको पन्तुरा नदीमा पक्की पुल बनेपछि यस क्षेत्रका बासिन्दाको बर्सौँदेखिको सपना पूरा भएको छ ।

पुल बनेपछि जिल्लाको भित्री मधेस क्षेत्रको परशुराम नगरपालिका सहित आलिताल र रुपाल गाविसका केही वडाका हजाराँै बासिन्दालाई कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरसम्म पुग्न सहज भएको छ ।

जोगबुढा– लिपना – दैजी सडकखण्ड अन्तर्गत पन्तुरा नदीमा पुल निर्माणपछि भित्री मधेश क्षेत्रमा बाहैै्र महिना यातायात सञ्चालन हुने भएको छ । बर्साैँ पहिले सडक निर्माण भए पनि पुल नहुँदा सडकमा बर्सातमा यातायात सञ्चालन हुन सकेको नसकेको स्थानीय समाजसेवी कैलाश पाण्डेयले बताउनुभयो ।

स्थानीय पूर्वाधार तथा कृषि सडक विभागको रु १० करोड ४९ लाखको लागतमा बनेको सो पुलको लम्बाइ १५३.२५ मि छ । रासस

तपाइँको प्रतिक्रिया ।