बुनपा को सार्वजनिक सुनुवाईमा के उठ्यो प्रश्न कसले दिए जवाफ (फलो -३ )
वडा नं. ४ की सम्झना कुँवरले दोस्रो प्रश्न गर्दै नगरपालिकामा कार्यरत स्वास्थ स्वयम्सेविकाहरुलाई तत्कालिन गाविस हँुदा प्रति महिना २०० दिने गरिएको थिया अहिले त्यो पैसा दिएको छैन । किन हामीलाई त्यो पैसा दिनको २०० को दरले बनाइदिन सके राम्रो हुन्थो ।
त्यस्तै स्वास्थ सम्बन्धी प्रश्न गर्दै गुप्तबहादुर थापाले गुनासो गर्दै भने यत्रो नगरपालिका बन्यो तर नगरपालिकाले आजसम्म एक रुपैया बजेट स्वस्थलाई छुट्याएको छैन । नगरपालीकाले आफुहरुसँग जन स्वस्थ्य सम्बन्धी कुनै कुरा गर्दैन । अब बुढानिलकण्ठ नगरपालिकालाई स्वास्थ्य ठीक नभएको नगरपालिका भन्दा हुन्छ ।
यस प्रश्नको जवाफ दिँदै नगर प्रमुखले स्वास्थ्य समितीको नेतृत्व स्थानीय वडा सचिवहरुले गर्नुहुन्छ । केही समस्या भए उहाँहरु मार्फत आउन सकिन्छ । तर तपाइँहरु सुरुमा निशुल्क काम गर्छु भन्दै स्वास्थ्य स्वयम्सेविका बन्ने अहिले दिनको २००–३०० भन्दै खुलेआम माग्ने ? उनले कड्किदै भने त्यसो हो भने तपाइहरु ज्याला मजदुरी गर्न जानुहोस् ।
नगरप्रमुखले गुप्तबहादुर थापा तर्फ हेर्दै भने स्वास्थ्य चौकी तपाइहरु २ बजेनै बन्द गर्ने पहिला तपाइहरु स्वास्थ्य चौकी पुरा समय खोल्नुस् कार्यक्रमहरु बनाउनुहोस् कार्यक्रम गर्न बजेट नपुगे हामीसँग भन्नुहोस् । आजसम्म स्वास्थ्यको बजेट नै माग गर्नु भएको छैन तपाइहरु सार्वजनिक ठाउँमा माग्दै नमागेको बजेटको कुरा गनुहुन्छ ?
एक प्रश्न कर्ताले सोधे राजकुलोमा पानी बग्दैन त्यसलाई बाटोको रुपमा प्रयोग गर्न पाइन्छ कि पाइदैन ?
प्रश्नको जवाफ दिदै नगरप्रमुखले भने सार्वजनिक कुलोलाइ बाटोको रुपमा प्रयोग गर्न पाइदैन हाल त्यो कुलो खोल्सोहरुमा पानी बग्दैन त्यो अर्को कुरो होला । तर बर्खाको समयमा त्यहाँबाट पानी निकास हुन्छ । त्यसैले त्यहाँ मुनी ढल राखी वा नराखी सडकको रुपमा प्रयोग गर्न पाइदैन । केही ठाउँमा त्यस्ता कुलोखोल्साहरुलाई ढलराखी बाटोको रुपमा प्रयोग गरीरहेका छन् तर नगरपालिकाको दीर्घकालीन योजना ती ढल निकाल्ने र त्यसलाइ कुलोकै रुपमा छोड्ने र त्यहिँ कुलोको दायाँ बायाँबाट सडक विस्तार गर्ने हो । अहिले तपाईहरुले खर्च गरेर ढल हालेर बाटो खोल्लनु भएको होला कसै कसैले त बाटो भनेर जग्गा बेच्नु भएको पनि होला ! तपाइँहरुको लगानी केही समयको लागि मात्र हो । हामी खोल्सो कुलोहरुलाई खुल्ला छाड्छौ भलै बनेको संरचनाहरु भत्काउन केही वर्ष लाग्ला । तर नगरपालिकाले त्यस्ता संरचना हरु भात्काउछ भात्काउछ ।
टिकेसनारायण श्रेष्ठले चुनीखेलको प्रतिनिधित्व गर्दै प्रश्न गरे । चुनीखेलमा एकीकृत वस्तीको अवधारणा नगरपालिका स्थापनाकालमै गर्ने भनिएको थियो बाहिरी चक्रपथ विस्तार हुने हल्लाले गर्दा त्या्हाको जग्गा भाउ छोइ नसक्नु भएको छ । अब त काम कसरी गर्ने ? जग्गाको भाउ बढदै गर्दा त्यहाँका हुनेखानेहरुले परापूर्वक कालदेखि हिड्ने गरेको बाटोमा तगारो लगाउन थाली सके त्यस तर्फ नगरपालिकाको ध्यान जाओस् ।
यस प्रश्नको जवफा दिदै नगरप्रमुखले भने एकीकृत वस्ती विस्तारका लागि नगरमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरिरहेको बताए र सार्वजनिक बाटोमा तगारो लगाएको भन्ने विषय भए वडामा निवेदन दिनुहोस् वडाले सकेन भने म आफै उपस्थित भएर खुलाउने छु ।
धनबहादुर खाती बु.ना.पा ४ बाट प्रश्न गरे, नायणथानचोकदेखि विष्णुमती पुलसम्मको बाटो बनाउन आफूले पहलकदमी गर्दा पनि नगरपालिकाले कुनै चासो नदेखाएको बताउँदै अब पनि चासो दिनुहुन्न भने हामीहरु नगरपालिको कार्यालय अगाडी ९ इन्चको वाल लाइदिन्छौ ।
वडा नं. ४ कै बल माया श्रेष्ठले प्रश्न गर्दै भनिन्, वातावरण समितिमा पाँच लाख रुपैयाँ भएको हामीले जानकारी पा¥यौ त्यस्तै अनुरुप हामीले कार्यक्रम निर्माण गरी नगरपालिकालाई बुझायौं । तर नगरपालिकाले हामीलाई थाहै नदिइकन त्यो पैसा कहाँ खर्च ग¥यो यदि हामीले दिएको कार्यक्रम नराम्रो थियो भने हामीलाइ भनिदिनु होस् । हामीभन्दा राम्रो कार्यक्रम कुन ठाउँमा गरे ।
कार्यक्रममा उठेका सामाजिक तथा राजनितिक प्रश्नको जवाफ दिने क्रममा नेकपा माओवादी केन्द्रक बुढानिलकण्ठ नगरपालीका नगर सहजीकरण समितिका संयोजक रवीन अधिकारीले दिएका थिए।उनले देशकै सबै भन्दा ठुलो नगरपालीकामा सार्वजनिक सुनवाही कार्यक्रम हँुदा जनताहरु ५० जनासम्म हुदैेनन् । स्थानीय संस्थाहरुलाई यसप्रकारको कार्यक्रम गर्न दिन पाए स्थानीयहरुको सहभागिता बढ्ने बताए । अधिकारीले भने नगरपालिका राजनीति दलहरुले पनि चलाउँछन् । गुनासो समस्या भए हामीलाई पनि भन्दा हुन्छ तपाइँहरु अख्तियार अनुसन्धान आयोग पुग्दा नगरमा अख्तियारमा हजिर हुन बोलाइएको चिठी पत्रहरुको चाङ लाग्यो नगरपालीका बदनाम भयो ।
विगत लामो समयदेखि अफु माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै नगरपालिका कार्यरत रहेको र यहाँ उठेका गुनासोहरु आफुप्रति पनि लक्षित भएको म ठान्दछु । तर यहाँ भनिए जसरी काम नै नभएको भने हैन हामीहरुले एउटा ठुलो तयारीका साथ नगरको पहिलो प्रोफाइल तयार गर्दै छौ । यो प्रोफाइल तयार भएपछि हामीहरुले के ग¥यौ र अबका १० वर्ष सम्म नगरले के गर्नु पर्छ भन्ने स्पष्ट देखिन्छ । उनले थपे यहाँका स्थानीय जनताहरुले साथ दिएमा नगरपालिका भित्र रहेको खानेपानीको समस्या छिटै समधान गर्न सकिन्छ । त्यसको लागि शिवपुरीबाट बग्ने मुहानहरुबाट पानी सङकलन गर्यौँ भने बुढानिलकण्ठ नगरपालीका खानेपानीमा आत्मनिर्भर बन्न सक्छ ।
उनले धन बहादुर खातीले गरेको प्रश्नको जवाफ दिदै भने विकास निर्माणका कार्य अघि बढाउदा केही झनझटहरु हुन सक्दछ । तर ती झनझटहरु देखाउँदै नगरपालिका अगाडि वाल लगाउँछु भन्नु मुर्खता हो । विकास निर्माणमा भएका समस्या गुनासो हामीलाइ भन्नुहोस हामी मिलेर समाधान गर्ने छौँ ।
तर बलमाया श्रेष्ठले सोधेको प्रश्नको जवाफ भने उनले नदिँदै आफ्ना शब्दहरुमा पूर्णविराम लगाए ।
त्यस्तै जवाफकै शिलशिलामा बुढानिलकण्ठ क्षेत्र विकास समितिका विषयमा उठेका प्रश्नहरुको जवाफ दिँदै क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाले भने पहिला नगरपालिका नहुदा सजिलै गाविस र क्षेत्रको संयोजक हुने गरेको थियो । यसै नारायणको नामबाट नगरको नामाकरण गरियो । तर नगरपालिका भए पछि केही संरचनागत समस्याहरु भएको पक्का हो ।
अब यस्ता समस्याहरु नहुनेमा म विस्वसत छु । अब नगर बसीहरुले क्षेत्र विकास समितिको कार्यहरु पादर्शी रुपले हेर्न र देख्न सक्नुहुन्छ । यसको लागी म भरपुर सहयोग गर्ने छु । र नगरपालिकाले पनि बुढानिलकण्ठ क्षेत्र विकासकाकार्यक्रम तिब्र गतिमा अगाडी बढाउनेमा आफु ढुक्क रहेको बताए ।
त्यस्तै कार्यक्रमको अत्यमा नगरप्रमुखले भने यहाँ उठेका प्रश्नहरुले हामीहरुलाइ आफ्ना कामहरुको समिक्षा गर्न सजिलो हुने बताए उनले भने हामी तपाइहरुको करको पैसाबाट चलेका हौँ ।
हामीलाइ कसरी काम लगाउनु पर्छ त्यसको जिम्मा तपाइँ हरुको पनि हो, नगरवासीहरुको भावना गुनासो सबै सुन्न हामी तयार छौ । तपाइहरुले राख्नु भएको गुनासो अर्को पटकको यी यस्तै कार्य क्रमहरुमा दोहोरीने छैनन् । भन्ने विस्वास दिलाउन चाहन्छु ।नगरप्रमुख विश्वराज मरासेनीले पनि बलमाया श्रेष्ठको प्रशनको जवाफ नदिदै आफ्ना भनाई हरु टुंग्याएका थिए ।
अन्तमा कार्यक्रम संचालकले २४ वटा प्रश्न आएको त्यसमा ४ वटा सुझाव आएको प्रश्न कर्ताहरुमा ५० प्रतिशत महिला रहेको र २० ओटा प्रश्नहरुको सम्बन्धित व्यक्ति हरुबाट जवाफ दिलाइएको बताए पनि बलमाया श्रेष्डले सोधेको प्रश्नको जवाफ भने कसैले दिएनन् ।
योपनि पढ्नुहोस्
बुनपा को सार्वजनिक सुनुवाईमा के उठ्यो प्रश्न कसले दिए जवाफ (फलो -१)
बुनपा को सार्वजनिक सुनुवाईमा के उठ्यो प्रश्न कसले दिए जवाफ (फलो -२)