बुनपा को सार्वजनिक सुनुवाईमा के उठ्यो प्रश्न कसले दिए जवाफ (फलो -१)
बुढानिलकण्ठ नगरपालिकाले आफ्नो चौंमासिक सार्वजनिक सुनवाई कार्यक्रम बुढानिलकण्ठ मन्दिर परिसरका आयोजना ग¥यो । सार्वजनिक सुनवाई कार्यक्रममा २५ व्यक्तिहरुले बुढानिलकण्ठ नगरपालिकाले सेवा सुविधा तथा काम कर्तव्यको बारेमा प्रश्न गरेका थिए । प्रश्नहरुको जवाफ कार्यकारी प्रमुख विश्व राज मरासैनी दिएका थिए । त्यस्तै केही सामाजिक प्रश्नहरुको जवाफ नगरमा प्रतिनितित्व गर्ने राजनितिक समितिका पार्टी प्रतिनिधिहरुले दिएका थिए ।
के–के उठे प्रश्न र कसले उठाए प्रश्न, कसले दिए जवाफ ?
कार्यक्रम सुरुमै ५ प्रश्न लिइने भने पछि प्रश्न लेख्न नपर्ने तर नाम र ठेगाना उल्लेख गरेको कागज बाँडिएको थियो ।
प्रथम प्रश्न गर्दै विजेन्द्र पुडासैनइले सोधे, अहिले त नगरपालिकाले घर नक्सा पासबाट आफ्नो आय स्रोत कर वृद्वि भएको देखाएको छ । तर भोति यो कार्य बन्द हँुदा नगरपालिकाको आर्थिक मेरुदण्ड के हो ?नगरप्रमुख मरासैनीले उत्तर दिदै, नगरपालिका सँगै रहेका सार्वजनिक जग्गा तथा भवनहरुलाई व्यावसायि प्रयोजनकोलागी भाडामा दिन सके नगरपालिकाको दीर्घकालिन आर्थिक स्रोत बन्ने देखेको हँुदा त्यस्ता सार्वजनिक जग्गा भाडामा दिने कार्यनीति नगरपालिकाले तत्कालै बनाउँदै गरेको बताए ।
दोस्रो प्रश्न विनिता तामाङले नगरप्रमुखलाइ गरिनर । उनकोे प्रश्न थियो, बाटो बढाउने कुराले आतङक मच्चायो कहिले ६ मिटर र कहिले १२ मिटर कहिले ९ मिटर र कहिले १८ मिटर कुरा सुनिन्छ । १८ मिटर हो भने भान्छा कोठा नै जाला भनेर हृदयघात होला जस्तो हुन्छ । नगरपालिकाको बाटो मापदण्ड के बनाएको छ ?
नगरप्रमुख मरासैनीले जवाफ दिँदै, बाटोको मापदण्ड ६ मिटर कायम गरिएको छ । त्यस भन्दा तल हुनेहरुको भौतिक सचना भत्काएर भए पनि विस्तार गर्ने नीति रहेको बताए । सडक विभाग तथा नगर विकासले ८ मिटर भन्दा माथि बाटोहरुलाई प्राथमिकता सुचिमा राखेर विकास गरी रहेको बताए । क्षतिपूर्ति सम्बन्धमा उनले भने सडक विभाग नगर विकास तथा नगरपालिकाले बाटोमा घर नै परे क्षतिपूर्ति तिर्छ र वाल खाली जग्गा परेमा क्षतिपूर्ति नदिने प्रस्ट पारे ।
नारायणी सेढाइँले प्रश्न गरिन्, महिलालाई ३३ प्रतिशत अधिकार दिएको छ भन्ने सुनिन्छ । नगरपालिका महिलाहरुलाई वितरण गरेको बजेट कसरी गरिन्छ । हामीलाई अत्तोपत्तो भएन राजनितिक दललाई सोद्धा जवाफ नै पााइएन ।
उनको जवाफ दिँदै नेपाली काग्रेसका पार्टी प्रतिनिधि राजाराम बुढाथोकीले, महिला लक्षित बजेटहरु महिलाहरुलाई नै खर्च गर्न दिइएको हो तर केही महिला प्रतिनिधिहरुले असाध्यै नदेखिने काम गर्दा प्रत्यक्ष रुपमा तपाइहरुले महिला लक्षीत बजेटको राम्रा पक्षहरु देख्न पाउनु भएन । तर हामीले बजेट नै नदिएको भने हैन भन्दै बुढाथोकीले केही महिलाहरुले यति सम्म बदमासी गरेकी हामीलाई बाख्रा पालन गर्ने भनेर बजेट लगे हामी जादा २–४ वटा बाख्रा गोठमा थिए । पछि काम बस जादा गोठ हेरेको बाख्रा जति सब काट्ेर खाइसकेछन् । कल्ले गरेर कुन महिलाले गरे नाम लिन नचाहेका बुढाथोकीले त्यस्तो प्रमाण रहेको बताए । बुढाथोकीले यसपाली देखि नचाहिने ड्राइभिङ टेनिङ र यस्ता पालनाहरुको नाममा खर्च नदिने बताए ।
सुकबहादुर गुरुङले प्रश्न गदै नगरप्रमुखलाई सोधे नगरपालिकाको सरसफाइ सारै चित्त बुझ्दो भएन प्रमाणकै रुपमा हेर्नु हुन्छ भने यहि बुढानिलकण्ठ मन्दिरमा वर्षनि मेला लाग्छ । नगरपालिका भएको २ वर्ष वि¥यो तर पनि सरसफाइ भएन फोहोर तपाइले जताततै देख्न सक्नु हुन्छ ।
गरुङको प्रश्नको जवाफ दिदै नगरप्रमुखले, सरसफाइमा आफुहरु चनाखो रहेको तर तालमेल मिल्न नसकेको बताए । त्यसका लागि नगरपालिकाले केही स्थान निजी कम्पनीहरुले दिइसकेको र अरु कम्पनीहरुलाई पनि फोहोर उठाउने जिम्मा दिने प्रकृयामा रहेको बताए । उनले केही समय लाग्ने तर देखिने काम हुने बताए ।
वडा नं. १९ नम्बर बाट सन्तोष भण्डारी प्रश्न गदै, १९ वडा मा नागरिक वडामंच बन्न सकेको छैन किन ? र सार्वजनिक जग्गा संरक्षण गर्ने भने कुरा कहाँ पुग्यो ?
भण्डारीको प्रश्नमा नगर कार्यकारी अधिकृतले वडा नागरिक मंच बनाउने कार्य राजनितिक दलहरुको हो । उहाहरुले नस्कनु भएको हो नगरपालिकाले हैन । नागरिक वडा मंच नबनुन्जेल सो वडामा विकास बजेट कसरी दिने भन्ने कार्य निति नबनाएको हुदा गारो परेको बताए । विकास विनाको राजनितिले गर्दा अर्थहीन हुन्छ, भने आफूलाई लाग्ने बताउँदै उनले त्यसैले हाल नबनेका वडा मंचहरु तत्काल बन्छ भन्ने आफूलाई लागेको बताए । सार्वजनिक जग्गाको सवालमा पहिचान भएका सार्वजनिक जग्गाहरुमा तारवार लगाउने कार्य भैरहेको बताए ।
सम्झाना कुँवर नगरपालिकाले स्वस्थ्यको कार्य नीति बनाएको हैन ? १९ वटा वडामा ६ वटा स्वस्थ्य चौकीहरु मात्र छन् । नगरपालीकालेवडामा कहिले देखि स्वस्थ्य चौकी र स्वस्थ्य सम्बन्धी बजेट छुट्याउने हो ?
कार्यकारी अधिकृतले स्वस्थ्य समितिको नेतृत्व वडा सचिवहरुले गर्ने गरेकोे तर स्वास्थ्य सम्बन्धी बजेट नै आज सम्म माग नभएको हुदा त्यस तर्फ ध्यान नगएको बताए ।
प्रश्न कर्ता हरुको प्रश्न र सम्बन्धित व्यक्ति हरुको जवाफा क्रमशः प्रकाशन गरिने छ । सम्पादक कपन अनलाइन डट कम