सबै जिल्लामा कृषि ‘सुपर जोन’ कार्यक्रम

सबै जिल्लामा कृषि ‘सुपर जोन’ कार्यक्रम

कपन अनलाइन, कैलाली, २९ कात्तिक ।

कृषिमन्त्री गौरीशङ्कर चौधरीले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’मार्फत ७५ वटै जिल्लामा ‘सुपर जोन’ कार्यक्रम अघि बढेको बताउनुभएको छ ।

पब्लिक मिडिया क्लबद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सुपर जोन कार्यकमका लागि दशवर्षीय कार्यनीति तय भएको र यसका लागि रु एक खर्ब ३० अर्ब खर्च गर्ने लक्ष्य रहेको बताउनुभयो ।

बसौटी, उदासीपुर, मसुरिया र पहलमानपुरलाई सुपर जोनका रुपमा राखिएको छ भने पकेट ब्लकमा धान खेती हुने हसुलिया, रतनपुर, पहलमानपुर, पवेरा र फूलबारीलाई लक्ष्य बनाइएको छ । माछापालन क्षेत्रका रुपमा गदरिया गाविसलाई राखिएको छ । यसका लागि काम सुरु भइसकेको छ । यसै वर्र्ष एक हजार प्राविधिकलाई करार सेवामा नियुक्त गरी प्रत्येक गाविसमा खटाउनका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको मन्त्री चौधरीको भनाइ छ । रासस

तपाइँको प्रतिक्रिया ।