बाङ्देल पुरस्कार राईलाई
काठमाडौँ, २९ कात्तिक ।
लैनसिंह बाङ्देल स्मृति पुरस्कार २०१६ दार्जिलिङका वरिष्ठ चित्रकार हेमु राईलाई दिइने भएको छ ।
लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कोलकाताको वार्षिक सभाले आइतबार सो निर्णय गरेको हो । । तीन वर्षदेखि लगातार कला र साहित्यमा विशेष योगदान पु¥याउने स्रष्टालाई प्रदान गरिँदै आएको सो पुरस्कार भारत र नेपालका स्रष्टालाई प्रदान गरिन्छ । यसअघि भारतका राजनारायण प्रधान र नेपालका झमक घिमिरेलाई सो पुरस्कार प्रदान गरिसकिएको छ ।
आगामी डिसेम्बर २४( पुस ९ गते ) कोलकातामा सो पुरस्कार दिइने छ । सोही अवसरमा कोलकातामा नेपाली सङ्गीत जगतमा अतुलनीय योगदान पु¥याए बापत मणिराम भित्रीकोटीलाई सम्मान गरिने प्रतिष्ठानका विकास कार्कीले जानकारी दिनुभयो ।
चित्रकार तथा साहित्यकार बाङ्देलले कोलकातामा चित्रकारिताको अध्ययन गर्नाका साथै सन् १९५० देखि ‘प्रभात’साहित्यिक पत्रिकाको पनि प्रकाशन पनि गर्नुभएको थियो । रासस