दोलखामा अज्ञात समूहले दुईवटा मोटरसाइकल र एउटा कारमा आगोलगाई फरार

दोलखामा अज्ञात समूहले दुईवटा मोटरसाइकल  र एउटा कारमा आगोलगाई फरार

कपन अनलाइन ,२८ कात्तिक, दोलखा ।

दोलखामा अज्ञात समूहले दुईवटा मोटरसाइकल  र एउटा कारमा आगोलगाई फरार भएको नेपाल प्रहरीले जनाएको छ  ।

दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय रवीन्द्र पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको छ ।

dolakaa

अज्ञात समूहले आज बिहान करिब राती २ बजेतिर आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बतायो छ । घरमा पार्किङ गरिरहेको कार्कीको बाइक बाहिर तानेर आगो लगाएको र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिएपछि ठूलो घटना हुनबाट जोगिएको छ । आगलागीमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता हुन सक्ने स्थानीयवासीहरुले अनुमान गरेका छन्  तर  विप्लव माओवादीले भने यतिबेला सम्म यस घटनाको जिम्मेवारी लिगेको छैन । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।