सासेक सञ्चालन योजना सार्वजनिक

कपन अनलाइन, काठमाडौँ, २२ कात्तिक ।

सरकारले एसियाली विकास बैंकको सहयोगमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)को नौवर्षे सञ्चालन योजना सार्वजनिक गरेको छ ।

सरकार र उक्त बैंकले कार्य सञ्चालनलाई सरोकारवाला पक्षसम्म पु¥याउने उद्देश्यले आज यहाँ आयोजित राष्ट्रिय पराशर्म कार्यशालामा सो योजना सार्वजनिक गरेको हो । एडिबीका देशीय निर्देशक केनिची योकोयामा र अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुन्ठ अर्यालले अक्त योजना सार्वजनिक गर्नुभएको थियो ।

देशीय निर्देशक योकोयामालेले प्रस्तुत योजनाले आयात, वाणिज्य व्यापार सहजीकरण र ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

महाशाखा प्रमुख एवम् अर्थ मन्त्रालयका सहसचिव अर्यालले सन् २०२२ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यका साथ सरकारले आर्थिक विकासका गतिविधिलाई उच्च महत्व दिएको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।