अन्तर्राष्ट्रिय सहकारी एलायन्समा बडाल

काठमाडौँ, २२ कात्तिक ।

राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष केशवप्रसाद बडाल अन्तर्राष्ट्रिय सहकारी एलायन्स, एसिया प्रशान्त क्षेत्र बोर्ड सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
एघार सदस्यीय पदका लागि हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम मितिसम्म ११ जनाको मात्र उम्मेदवारी परेपछि बडाल निर्विरोध हुनुभएका राष्ट्रिय सहकारी बोर्डका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले जानकारी दिनुभयो ।
यही कात्तिक ३० देखि आगामी मङ्सिर ४ गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा हुने एलायन्स, एसिया प्रशान्त क्षेत्रीय अधिवेशनमा निर्विरोध निर्वाचित बोर्ड सदस्यको घोषणा गरिने छ । बोर्ड सदस्यको पदावधि चार वर्षको रहने बताइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।