पूर्व राजा ज्ञानेन्द्र धर्म कर्ममा ब्यस्त !! कि राजनीतिमा ?
पूर्व राजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल भ्रमणमा निस्किएका छन् । शाह सडक मार्ग हुँदै बिहीबार बिहान काठमाडौंबाट पोखराका लागि निस्किएका हुन् । झण्डै एकहप्ताको पश्चिमाञ्चल बसाईमा म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ र कास्कीका विभिन्न मन्दिरमा दर्शन गर्ने र नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । पृथ्वीराजमार्गका विभिन्न ठाउँमा सर्वसाधारणले पूर्व राजालाई स्वागत गरेका छन् ।पोखरा जाने क्रममा शाहले मलेखुमा रहेको भद्रकाली मन्दिरमा पुजा गरेका थिए । शाहको स्वागतमा समर्थकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजी गरेका थिए । धार्मिक भ्रमणमा रहेका शाहले मलेखुको भद्रकाली मन्दिरमा १५ मिनेट बिताएका थिए ।
तपाइँको प्रतिक्रिया ।